१९ श्रावण २०७९, बिहीबार

सागरले मनाए आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाइ शैक्षिक सामग्री दिएर

आज जन्मदिनको सु-अवसर पारी युवा समाजसेवी वाणगंगा न.पा-४, जितपुर निवासी सागर बन्जाडेले कपिलवस्तुको सदरमुकाम तौलिहवामा रहेको बाल गृहमा आफ्नो जन्मदिन मनाएका छन।

उनले बाल गृहमा रहेका २९ बालबालिकालाई किचन सुज बिहानको खाना र शैक्षिक सामाग्री वितरण गरेका थिए।त्यहाँ रहेका बालबालिकालाई मिउजिकल चिअर,स्पेलिङ्ग, हट पोटेटो लगाएतका खेल खेलाएर मनोरञ्जन संगै पुरस्कार वितरण गरेका थिए।नेपाल बाल संगठन जिल्ला कार्य समिती कपिलवस्तुका अध्यक्ष गोपाल मणि ज्ञवालीले सबै युवाहरुले यसै गरि बिना अर्थ खर्च गर्नु भन्दा सामाजिक काममा लगाए समाजमा राम्रो प्रभाव पर्ने कुरा बताउनुभयो।

जन्मदिनमा सागरले बाल गृह सबैको साझा रहेको तथा सबैको सहयोग भएमा बाल गृह चलाउन सहज हुनेसंगै युवाहरुले मोजमस्ती मा पैसा उडाउनु भन्दा यस्तै सहयोग गर्नुपर्ने कुरा बताए।

उनले यी बालबालिकालाई साहरा दिएको बाल गृहलाई सबै युवाले साथ दिनुपर्ने त्यसैगरी बालबालिकाको उज्जवल भविष्य निर्माण गर्नुमा सहयोग पुराउनु पर्ने कुरा बताए।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख