२० श्रावण २०७९, शुक्रबार

प्युठानबाट बर्दिया पुगेर नेपाली हट ग्रुपद्वारा सहयोग हस्तान्तरण

नेपाली हर्ट ग्रुपद्वारा प्युठानबाट बर्दिया पुगेर सहयोग हस्तान्तरण गरेको हो । असहाय बालबालिका संरक्षण केन्द्र बेलवार बर्दियामा रहेका बालबालिकाहरूलाइ जाडोका लत्ता कपडा, खाद्यान्न सहित स्वास्थ्य सामग्रि सहयोग गरिएको हो ।

नेपाली हर्ट ग्रुप नेपालका होस्टर डिल्लिराज पराजुलिको नेतृत्वमा टिकटकमा चलाइएको अभियानबाट संकलित रकमबाट सामग्रि बितरण गरिएक‍ो हो ।

केन्द्रमा रहेका २१ जना असहाय बालबालिकाहरूका लागि सहयोग सामग्रि वितरण गरिएको हो ।

जसका लागि मुख्य सहयोग रूपन्देहि मुर्गिया निवासि हाल जापानमा रहनुहुने प्रविन घिमिरेले १० हजार ७ सय रूपैया र पोखरा निवासि हाल दक्षीण कोरियामा रहनुहुने मिस्टर रोमियो दिपक काफ्लेबाट १० हजार रूपैया दिनुभएको थियो ।

सहयोग वितरणका लागि बर्दियामा रहनुहुने दिपक लम्सालको समन्वयमा प्युठानबाट डिल्लिराज पराजुलि, सरस्वति पराजुलि, अविरल थापा, सुगम रिजाल, मिना वलि, पत्रकार भुवनसिंह, एलबि थापा, शमसेरबिक्रम जिसि लगायतको उपस्थिति रहेको थियो । त्यस्तै नेपालगन्जमा रहनुहुने नेपाली हर्ट टिकटक ग्रुपका भावना चौधरि, एलिसा मगरको समेत उपस्थिति रहेको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बार बर्दिया नगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामप्रसाद थारूले मन्तव्य दिदै २०७४ सालदेखि स्थापना भएको संरक्षण केन्द्रमा सहयोग लिएर प्युठानबाट आउने टोलिलाइ धन्यवाद ज्ञापन गर्नुभयो ।

स्कुल नै नदेखेका बालबालिकालाइ पछिल्लो २ वर्षदेखि आफुहरूले अभिभावकत्व गरिरहेकोमा काधमा काध मिलाउने सहयोगि मनकारि मनहरूलाइ खुसि ब्यक्त गर्ने शब्द नै न भएकोले आफू हर्ष विभोर भएको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख