१३ माघ २०७७, मंगलबार

सुपादेउराली मन्दिर बन्द रहँदा पनि भक्तजनहरुको घटेन घुँइचो

अर्घाखाँची जिल्लाको प्रसिद्व पवित्र धार्मिक स्थल सुपा देउराली मन्दिर कोरोनाको कहरका कारण मन्दिर व्यवस्थापन समितिले बन्द गराएको छ।

तर मन्दिरमा दर्शन गर्न आउने दर्शालुहरुको भिडभाड भने घटेको छैन ,व्यवस्थापन समितिले मन्दिर बन्द गरेको बिषयलाई सामाजिक संजालमा सुचना प्रवाह गर्दा पनि जिल्लाका विभिन्न् ठाउँ बाट र कपिलबस्तु (तराइ )क्षेत्रका दर्शालुहरुको भिडभाडमा कमि नदेखिए पछि मन्दिर व्यवस्थापन समिति नै चकित परेको मन्दिरका अध्यक्षले बताउनुभएको छ।

जिल्ला देखि बाहिर बाट आउने भक्तजनहरुले बन्द रहेको मन्दिरमा पनि आफ्नो भकक्ल पुरा गर्न पाठाहरु लिएर आफै का’ट्ने र नरपानी क्षेत्रमा गएर भोज भतेर गर्ने जस्ता गतिबिधि हरु समयमै (तुरुन्तै ) नरोकीए र सम्बन्धित निकाय (प्रहरी प्रशासन)ले भिडभाडमा कडाइ नगरे कोरोनाले जिल्लामा अझै भयाबह रुप लिन सक्ने मन्दिर व्यवस्थापन समितिले चिन्ता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख