४ भाद्र २०७९, शनिबार

पुजाको लैसरामा बस पुग्दा स्थानीयमा खुसीयाली

प्युठान । गौमुखी गाउँपालिकाको विकट गाउँ लैसरामा पहिलो पटक सार्वजनिक बस पुगेको छ। पालिकाको फड्के देखि धनमुढा खलाचौर हुँदै वडा नं ४ स्थित लैसरामा बस पुग्दा स्थानियहरुमा खुसीयाली छाएको जायश्वर जैशीले बताए।

‘सवारी धनी तथा बस चालकलाई नागरिक अभिनन्दन गर्यौ।’ पेशाले शिक्षक समेत रहेका जैशीले भने, ‘बस गाँउमा पुगेसंगै स्थानीय उत्पादनको बजारिकरण तथा यातायातमा सहजता पुग्ने छ।’ सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन वडाले सम्वन्धित निकाय समक्ष विशेष पहल गर्ने वडा अध्यक्ष टुकबहादुर केसीले जानकारी दिए।

‘मोटरबाटोको स्तरोन्नती गरि लगत्तै सानापोखरीबाट नियमित बस संचालन गर्ने योजनामा छौं।’ वडा अध्यक्ष केसीले भने।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख