४ भाद्र २०७९, शनिबार

नेतृत्वले विवेक गुमाउँदा समस्या: मुख्यमन्त्री

सैनामैना– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी नेतृत्वले विवेक गुमाउँदा पार्टीमा समस्या आएको बताएका छन्। नेकपाको स्थायी कमिटी सदस्य समेत रहेका पोखरेलले नेतृत्वले गुमाएको विवेक फर्काउने अभियानमा लागेको उल्लेख गरे

। रुपन्देहीको सैनामैना नगरपालिका ९ पिपलडाँडामा बन्न लागेको स्मार्ट रिफ्रेस सेन्टरको सिलन्यास गर्दै उनले भने ‘दुइवटा आन्दोलनका नेताहरुको विचको समझदारी नै न्युनतम सर्त हो । त

र दुर्भाग्य कमरेड केपी ओली र प्रचण्डको असमझदारी नै आजको संकटको कारण बन्न पुगेका छ।’
भिन्न सिद्धान्त र कार्यदिशाबाट गुज्रीएर आएका पार्टीलाई समेत मिलाएको भन्दै पोखरेलले अहिलेको समस्यालाई पनि समाधान गर्ने दाबी गरे। ‘दुइ वटा पार्टीलाई मिलाउनु सामान्य र चानेचुने थिएन । हामीले कठीन कार्या जिम्मेवारीको रुपमा बहन गरेका थियौं ।’ उनले भने ‘समस्या आउने कुरा स्वभाविक हो । हाम्रो उदेश्य त्यो समस्यालाई पनि समाधान गर्ने।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख