४ भाद्र २०७९, शनिबार

नेकपा दुई चार जना बनाएको पार्टी होईन, जसले चाह्यो उसले फुटाउनः गोकर्ण विष्ट

नेकपाका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले दुई चार जना नेताले चाहँदैमा नेकपा नफुट्ने बताएका छन् । नेकपा गुल्मीका नेता बोमबहादुर खडकाको १२ औ श्रद्धान्जलीसभालाई सम्बोधन गर्दै नेता विष्टले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेता विष्टले भने- ‘नेकपा कुनै दुई चार जना नेताले बनाएको पार्टी होईन, जसले चाह्यो उसले फुटाउन सक्ने । अब नेपाली कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाएर लगिनेछ छ र एकतालाइ मजबुत बनाइनेछ ।’

पूर्वमन्त्री समेत रहेका विष्टले नेपाल कम्युनिस्ट पार्टी चट्टानमा उम्रिएको बिरुवा भएको उल्लेख गर्दै अब छिट्टै स्थायी कमिटी बैठक बसेर पार्टी एकताबद्ध र मजबुत बनाएर लगिने उद्घोष गरे । कार्यक्रममा परराष्ट मन्त्री प्रदिप ज्ञवाली लगायतका नेताहरुको पनि उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख