१२ माघ २०७७, सोमबार

बुटवलको कालिकानगरमा कार दुरघर्ट्ना ,

बुटवलको कालिकानगरमा कार अनियन्त्रित भएर ठोक्किदा २ जना घाइते भएका छन्।

बुटवलबाट तिलोत्तमातर्फ जाँदै गरेको बा १२ च ७४५६ नम्बरको कार अनियन्त्रित भएर डिभाइडरमा ठोक्किदा देवदहका २९ वर्षीय विपिन ज्ञवाली र २१ वर्षका सुरज सुनार घाइते भएका हुन्। घाइतेको बुटवलमा अस्पतालमा उपचार भइरहेको छ।

ती दुईमध्ये विपिनको अवस्था मध्यम रहेको र सुरजको अवस्था सामान्य रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

कार भने क्षतविक्षत भएको छ। 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख