१२ माघ २०७७, सोमबार

के राजधानी सङ मन्त्री पद साटेको हो भन्दा स्वयम यसो भन्छन् पौडेल

बुटवल । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल अर्थमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला रुपन्देही पुगेका छन् ।

मंगलबार बुटवल पुगेका पौडेलले सञ्चारकर्मीहरुसँग भेट गरे । पार्टीको पछिल्लो विवादबारे धारणा राख्दै उनले मर्यादा नाघेर अभिव्यक्तिहरु आउन थालेको बताए ।

यो चिन्ताजनक भएको भन्दै उनले मर्यादाभित्र फर्किएर छलफल गर्नुपर्ने बताए ।

सञ्चारकर्मीहरुको केही प्रश्न लिएका उनले पार्टीको विवादसँगै प्रदेश राजधानीबारे प्रश्न समेत सामना गर्नुपर्‍यो  ।

पौडेललाई सोधिएको थियो, तपाईले अर्थमन्त्रीसँग प्रदेश राजधानी साट्नुभयो भन्ने छ, त्यो सही हो ?

पौडेलले बुटवललाई प्रदेशको स्थायी राजधानी हुनुपर्ने मत राख्दै आएका थिए र चुनावी नारा पनि यसलाई बनाएका थिए । तर प्रदेशसभाले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी तोक्यो ।

पौडेलले अन्तिम समयमा बुटवललाई राजधानी बनाउन पहल नगरेको बुटवलबासीको आरोप थियो । प्रदेश राजधानी भालुवाङ तोकिएको केही समयपछि पौडेल अर्थमन्त्री बनेका थिए ।

त्यसलाई लिएर विपक्षी दलहरुले समेत पौडेलले अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख