२१ श्रावण २०७९, शनिबार

टोपबहादुर रायमाझीलाई प्रचण्डको जवाफ

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा काउन्टर प्रस्ताव ल्याउने तयारी गरिरहेका छन्।

ओलीको बचाउ तथा प्रत्यारोपको फेहरिस्त बनाउन उनी निकट समूह लागिपरेको छ। यता कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमत सदस्यका तर्फबाट राजनीतिक प्रस्ताव पेश गरिसकेका छन्।

दुई अध्यक्षको अलग-अलग राजनीतिक प्रस्तावमाथि संस्थागत छलफल निश्चित देखिएपछि पार्टी विभाजनको सम्भावित दुर्घटना रोक्न नेकपामा विकल्पको खोजी सुरु भएको छ। नेकपा दोस्रो तहका केही नेताहरुले सम्भावित दुर्घटना रोक्न अध्यक्षसँगको भेटलाई तिब्र पारेका छन्। अध्यक्षद्वयलाई भेटेर विभाजनको सम्भावित दुर्घटना रोक्ने विकल्प पहिल्याउन ध्यानाकर्षण गराइरहेका छन्।

यसबीच सोमबार बिहान मात्रै स्थायी समिति सदस्य हरिबोल गजुरेल र टोपबहादुर रायमाझीले अध्यक्ष प्रचण्डलाई खुमलटारमा भेटेर सहमतिका लागि आग्रह गरेका छन्। दुबै नेताले पार्टी विभाजनसम्म जान नहुने बताएका छन्। जवाफमा प्रचण्डले कात्तिक २८ मा आफूले पेश गरेको प्रतिवेदनले पार्टी फुटसम्म नजाने बताएका छन्। प्रचण्डले आफूले तयार पारेको प्रतिवेदनले नराम्रो नभएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख