४ भाद्र २०७९, शनिबार

खानेपानीको समस्यामा रोल्पाली

रोल्पाका स्थानीय तहहरुमा पानीको प्रशस्त स्रोत भए पनि सर्वसाधारणले खानेपानीको समस्या झेल्दै आएका छन् ।

जिल्लाको रुन्टीगढी गाउँपालिकाको होलेरीबजार, गङ्गादेव गाउँपालिका, सुनिलस्मृति गाउँपालिकाको सुलिचौर, रोल्पा नगरपालिकाको बजार क्षेत्रलगायतका स्थानमा स्थानीयवासीले पानीको समस्या भोग्दै आएका छन् ।

स्थानीय सरकारले खानेपानी योजनाका लागि बजेट विनियोजन गरे पनि कामले भने तीव्रता पाउन नसक्दा घण्टौँ पैदल हिँडेर खोला तथा पँधेराको पानी लिन जाने बाध्यता भोग्दै आएको स्थानीयवासीको भनाइ छ ।

रुन्टीगढी गाउँपालिकाको होलेरी बजारवासीले वर्षौँदेखि खानेपानीको अभाव झेल्दै आएका छन् । सुक्खायामसँगै पानीका मुहान सुक्दै जाने हुनाले चैत, वैशाखको खडेरीमा रातभर जाग्राम बसेर पालो कुरेर पानी भर्नुपर्ने बाध्यता छ ।

त्यसरी ल्याउने पानीले खाना पकाउनसमेत नपुग्ने स्थानीय केशव चन्द बताउँछन् ।

होलेरी बजार क्षेत्रको खानेपानीको समस्या टार्न आर्थिक वर्ष २०६९/७० मा सरकारले रु पाँच करोड बजेट विनियोजन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख