२० श्रावण २०७९, शुक्रबार

अनुदानका शिक्षकद्धारा शिक्षा तथा समन्वय ईकाईमा तालाबन्दी

कपिलवस्तु । ५ महिना देखि तलब नपाएको भन्दै शिक्षा सिकाई सहयोग अनुदानका शिक्षकहरुले तौलिहवा स्थित शिक्षा तथा समन्वय ईकाई कपिलवस्तुको कार्यालयमा आईतवार तालाबन्दी गरेका छन ।

आफुहरुले पाउनु पर्ने तलब बापतको रकम चालु आर्थिक बर्ष देखि हालसम्म नपाएको र त्यसका लागि सरकारले कुनै चासो नदिएको भन्दै उनीहरुले समन्वय ईकाईमा ताला हानेका हुन ।

तालाबन्दी पछि उनीहरुले समन्वय ईकाईका प्रमुख थानेश्वर घिमिरे र अधिकृत अुर्जन कुँवरलाई ज्ञापनपत्र समेत दिएका थिए ।सरकारले बिद्यार्थी संख्याको आधारमा कम दरबन्दी भएका विद्यालयमा अनुदान बापतको एकमुष्ठ रकम पठाउदै आएको थियो । त्यही रकम शिक्षकलाई खुवाउने गरिएको थियो ।

तर यस बर्ष अझै सम्म निकासा नहुँदा अनुदानका शिक्षकहरुले तलब खान पाएका छैनन् । माबि, निमाबि र प्राबिका लागि बार्षिकरुपमा एकमुष्ठ रकम दिने गरिएको थियो ।

अनुदान शिक्षक संघर्ष समितिका अध्यक्ष रेशम खनालले आफुहरुले बिद्यालमया पढाउदै आए पनि ५ महिना देखि तलब नपाएको गुनासो गरे ।

उनले सरकारले नै तलब नपठाउँदा आफुहरु तलबबाट बंचित हुनु परेको उनले बताए । अनुदानका शिक्षक अरुण श्रीवास्तवले सरकारले तलब नपठाएर आफुहरु अन्यौलमा परेको बताए ।

समन्वय ईकाईका प्रमुख घिमिरेले मन्त्री परिषदबाट कार्यबिधि पास नहुँदा निकासामा ढिलाइ भएको बताए ।

पुस पहिलो हप्ता भित्र अन्दानको निकासा आउने आफुहरुलाई खबर आएको उनले बताए । माबिको आउने निश्चित छ तर प्राबि र निमाबिको शिक्षकको भने भन्न नसकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख