१४ मंसिर २०७७, आइतबार

डोनाल्ड ट्रम्पको जेठो छोरालाई कोरोना संक्रमण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेठो छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ । बीबीसीका अनुसार रिपोर्ट पोजेटिभ आएपछि ४२ वर्षीय डोनाल्ड ट्रम्प जुनियर आफ्नो क्याबिनमा क्वारेन्टिनमा रहेका छन् ।

उनले कोभिड प्रोटोकल सबै पालना गरेको र हालसम्म कुनै लक्षण नदेखिएको पनि समाचारमा जनाइएको छ ।

अक्टुबर महिनाको पहिलो हप्ता राष्ट्रपति ट्रम्पलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनसम्म अस्पताल भर्ना भएका थिए ।

गत शुक्रबार राष्ट्रपति ट्रम्पका विशेष सहायक एन्ड्र्यु ज्यूलियानीले पनि आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । ज्यूलियानी ट्रम्पको निजी अधिवक्ता रुडी ज्यूलियानीको छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख