१० मंसिर २०७७, बुधबार

‘खड्काको निधन पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी नेता बोमबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गर्दै खड्काको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको बताउनुभयो ।

उहाँले खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदनासमेत व्यक्त गर्नु भएको छ । “गुल्मी जिल्लामा उहाँले नटेकेको कुनै बाटो छ्रैन होला, उहाँले नभेटेको कुनै व्यक्ति छैन होला ।”

नेता खड्काले लुम्बिनी विशेषतः गुल्मी जिल्लाको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पु¥याउनुभएको छ ।

“ सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित समर्पण उहाँका विशेषता हुन्”, सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले नेता खड्काका योगदान चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने पनि उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख