१४ मंसिर २०७७, आइतबार

गगन लाई सभापति हुन्न दिन्न – सिटौला

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले आफ्नै समुहका प्रभावशाली नेता गगन थापाको सभपाति बन्ने बेला नभएको बताएका छन् । उनले आफ्नो समुहबाट आफै सभापतिको उमेदवार बन्ने समेत घोषणा गरे ।

नेपालवाच अनलाईनसंगको कुराकानीमा सिटौलले गगनलाई चुनाव लडेर सभापति बन्न चुनौती दिएका छन् । उनले वीपी कोइराला पनि चुनाव लडेर सभापति भएको स्मरण गर्दै चुनाव युवाहरुलाई कसैले दिने नदिने भन्दा पनि चुनाव जिताएर देखाउन चुनौती दिएका छन् ।

सिटौलाले सवै प्रदेशको अधिवेशन सकिएपछि मात्र कसको भूमिका के हुने भन्ने टुंगो लाग्ने बताए । उनले शेरबहादुर देउवा र बिमलेन्द्र निधी आफु सभापतिमा उठ्ने तयारीमा रहेको जानकारी आफूलाई गराएको बताए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख