१४ मंसिर २०७७, आइतबार

बलिउडका यी कलाकार, जसले गरे आफ्नो मृत्युपछि अङ्ग दान दिने घोषणा

एजेन्सी । कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउनका कारण पछिल्लो समय भारतिय फिल्मी बजार ठप्प छ । लकडाउनकै कारण रिलिज हुन लागेका र सुटिंग भइरहेका फिल्मी कामहरु बन्द भएका छन् ।

फिल्मी काम बन्द भएपछि सबै बलिउडका कलाकार पनि अहिले घरमै बस्न बाध्य छन् । यस्तो अवस्थामा भारतिय मिडियामा बलिउड कलाकारका फरक कुराहरुको चर्चा भइरहेको छ । 

बलिउडमा केही कलाकारहरुले आफ्नो मृत्यु पछि पनि दोस्रो व्यक्तिको माध्यमबाट जिन्दगी जिउने फैसला गरेका छन् । ती कलाकारले आफ्नो शरिरका केही अंगहरु दान गरेको बताइन्छ । अभिनेता अमिताभ बच्चनले पनि मृत्यु पछि आफ्नो आँखा दान गर्ने भएका छन् ।

त्यस्तै अभिनेत्री प्रियंका चोपडाले आफ्ना सम्पूर्ण अंग दान दिने भएकी छिन् ।त्यस्तै अभिनेत्री रानी मुखर्जीले पनि आफ्नो आँखा दान दिने घोषणा गरिसकेकी छिन् ।

त्यस्तै अभिनेता आमिर खानले आफ्नो मृत्यु पछि आफ्ना शरिरका  मृगौला, आँखा, मुटु, कलेजो आदि दान गर्ने घोषणा गरिसकेका छन् ।  

त्यस्तै सलमान खानले पनि आफ्नो रगत मासी दान दिने बताएका छन् भने  ऐश्वर्या राय बच्चनले पनि आफ्नो मृत्यु पछि आफ्नो सुन्दर आँखा दान गर्ने निर्णय गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख