१० मंसिर २०७७, बुधबार

भाइटीकाकाे दिन दुर्घटना: बहिनीकाे मृत्यु, दाई घाइते

दाङ-रेडियो हाम्राे पहुँच तुलसीपुरमा कार्यरत सञ्चारकर्मी तुलसीपुर उपमहानगरपालिका-१९ बिजाैरी निवासी २२ बर्षिय मनिषा लामिछानेकाे मृत्युु भएको छ ।

स्कारपिओ गाडीकाे ठक्करबाट लामिछानेकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ  । तुलसीपुरको गुल्म जाने चोकमा दिउसो साढे एक बजे रा १ प ६७२१ नम्बरको मोटरसाईकललाई लु.अ.अ.क ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिदा मोटरसाईकल चालक २४ बर्षका बिराज लामिछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए । 

मनिषाको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको हो ।

घाइते मनिषाका दाइको अहिले कोहलपुरमै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख