१४ मंसिर २०७७, आइतबार

कोरोना बाट बच्न सिकाउदै शसस्त्र प्रहरी बल अर्घाखाँची

शसस्त्र प्रहरी बल अर्घाखाँचीले कोरोना महामारी बच्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ ।

चाडबाडको समयमा मानिसहरुले कोरोनाबाट बच्न मास्क प्रयोग गर्न छाड्दै गएपछि सन्धिखर्कको शान्ती बगैचामा मास्कको प्रयोग बढाउन तथा हात धुने बानीको बिकास गर्न हातधुन सिकाउदै मास्क बितरण गरेको हो ।

शान्ती बगैचाको बाटो भएर सवारी साधन तथा पैदल सवारी गर्ने यात्रु तथा चालकहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेको हो

पछिल्लो समयमा कोरोना रोगको महामारी बढ्दै गएपनि मानिसहरुले कोरोना रोगबाट बच्न सजगता अपनाउन छाड्दै गएपछि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको शसस्त्र प्रहरी बल अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक राम कृष्ण महर्जनले बताउनु भयो ।

उनले मानिसहरुलाई रोगबाट बच्न सचेतना जगाउने उदेश्यले कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

चाडबाड मनाउदा तथा अन्य कृयाकलाप गर्दा समेत कोरोनाबाट बचेर मनाउन पनि शसस्त्र प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख