१७ मंसिर २०७७, बुधबार

फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता

मनिला । फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ ।

फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ ।

आँधीसँगै आएको बाढी र पहिरोका कारण ती १२ जना हराइरहेका सो प्रकोप व्यवस्थापन विभागले जनाएको छ ।

अधिकारीहरुले आँधीमा परी हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन् । त्यसैगरी यहाँ आँधीले पु¥याएको क्षतिलाई राहात र उद्धारको काम जारी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख