१४ असार २०७९, मंगलबार

‘निरुत्तर’ उपन्यास विमोचित

दमौली । बन्दाबन्दीको सदुपयोग गर्दै दुलेगौँडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयका शिक्षक एकनारायण भण्डारीको पहिलो उपन्यास ‘निरुत्तर’ विमोचन गरिएको छ ।

शुक्ला साहित्य सङ्गमका संरक्षक शेषमणि आचार्यले कृति विमोचन गर्दै ‘निरुत्तर’ उत्तरसहितको समाजको यथार्र्थ भएको र यसले वर्तमान समाजलाई परिवर्तन गर्न अवश्य सघाउने विश्वास व्यक्त गर्नुभयो ।”

वाराही साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा उपन्यासमाथि समीक्षा गर्दै आख्यानकार दीपक समिरले पूर्वीय सभ्यतालाई समेटेको उपन्यासले गलत बाटामा लागेकाहरुलाई सचेत गराउने बताउनुभयो ।

विसं २०४८ देखि नेपाली विषय शिक्षण पेशामा आबद्ध भण्डारीका फुटकर सिर्जना विभिन्न पत्रिकामा प्रकाशन हुँदै आएका थिए ।

अब निरुत्तर–२, ढुंगा मान्छेहरु (कवितासंग्रह) र मुक्तकसंग्रह प्रकाशनको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख