१० मंसिर २०७७, बुधबार

मोरङ औद्योगिक करिडोरको उत्पादन घट्यो

लकडाउन हटेको तीन महिना बित्दा पनि सुनसरी मोरङ–औद्योगिक करिडोरका उद्योग थलिएका छन् । यहाँका उद्योगले उत्पादन बढाउन सकेका छैनन् ।

माग नै नआएको भन्दै उद्योगहरूले क्षमताको ४० प्रतिशत मात्र उत्पादन गर्दै आएका छन् ।

आरती स्ट्रिप्स उद्योगले जस्तापाता वार्षिक १ लाख १० हजार टन, रंगीन पाता वार्षिक ६० हजार टन र कालोपाइप वार्षिक ५० हजार टन उत्पादन गथ्र्यो ।

अहिले तीनवटै उत्पादन बढीमा ४० प्रतिशत मात्र भएको उद्योगका प्रशासन प्रमुख दिवस नेपालले बताए ।उद्योगले सामान्य अवस्थामा फलामे पाइप दैनिक ६ हजार ५ सय टन उत्पादन गर्दै आएको थियो ।

नेपालले भने, ‘त्यसको उत्पादन अहिले ठप्प गरेर पुरानो उत्पादन बिक्री गर्दै छ । बजारमा माग नै छैन । माग भएर बजार पुगेका सामानको पनि रकम फिर्ता आउँदैन ।’

सामान्य अवस्थामा दैनिक ७५ टन धागो उत्पादन गर्दै आएको सुनसरी, खनारको रिलायन्स स्पिनिङ उद्योगको पनि उत्पादन आधा घटेको छ ।

कोरोनाका कारण आवश्यकताअनुसार मजदुरसमेत पाइँदैनन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख