१७ मंसिर २०७७, बुधबार

छठ्पछि प्रदेश २ मा प्रहरी भर्नाको तयारी, राणाकालीन सोचका सिडियो सचिव

प्रदेशले प्रहरी भर्ना प्रक्रिया छठ् पछि गर्न तयारीमा जुटेको छ । यसले संघीय सरकार डराएको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताउँनुभयो ।

कातिक २७ गते जनता समाजवादी पार्टी नेपाल लहान नगर समितिले शुभकामना अदानप्रदान कार्यक्रममा मन्त्री यादवले अब कानुन बमोजिम प्रदेशमा प्रहरी भर्ना गर्ने बाटो खुलेको छ । यसको लागि कुनै अवरोध अब रहेन । तर, प्रहरी समायोजन गर्न दिएको छैन । समायोजको सवालमा संघीय सरकार डराएको उहाँले बताउँनुभयो । प्रहरीकै सवालमा प्रधानमन्त्रीमाथी तीन मुद्दा दर्ता गराएका छौ । तुरुन्त प्रहरी समायोजन गर ।

५ हजार ७ सय प्रहरीको विज्ञापन रोक, प्रदेश आफै प्रहरी भर्ना सक्षम रहेको छ । झुठा मुद्दाको सवालमा दवावमुलक कार्यक्रमसहित अघि बढ्ने मन्त्री यादवले बताउँनुभयो । आजपनि विभिन्न विभेद रहेको छ भन्दै मन्त्री यादवले अहिलेसम्म राजनीतिक परिवर्तन भएको छ । आमुल परिवर्तनको खाचो छ । राणाकालिन सोच भएका वर्गमा आज पनि आमुल परिवर्तन शक्ति उनीहरुकै कब्जामा रहेको उहाँले बताउँनुभयो ।

राणाकालिन सोच भएका वर्गका सिडियो,सचिव, उपसचिव, हाकिम पुरानै ढर्रामा रहेको छ । यसलाई तोड्न प्रदेश सरकार सक्रिय रहेको छ । यसैले जनता संघीयताको सही अनुभुती नपाएकोले यसलाई तोड्न प्रदेशबाटै कार्यवन्यन गर्न जोड दिएको मन्त्री यादवले बताउँनुभयो । वैकल्पिक शक्तिको रुपमा जसपा आएको हो ।

यो पार्टीले नै पहाड, हिमाल र मधेशको अधिकार दिलाउँने तथा देशमा समृद्धि ल्याउँने भन्दै मन्त्री यादवले जसपाले निकट भविष्यमा संघीय सरकार बनाउँदै आमुल परिवर्तनको कार्यन्वयन गर्ने बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख