४ भाद्र २०७९, शनिबार

लामो समयपछि बिधालय सन्चालनमा आउदै

कोभिड–१९ संक्रमणको जोखिमका कारण आठ महिनादेखि बन्द विद्यालय छठपछि खुल्ने भएको छ । त्यसका लागि कार्यढाँचा जारी गर्ने तयारीमा शिक्षा मन्त्रालय जुटेको छ ।

मंसिर ९ गते सञ्चालन हुने कक्षा १२ को परीक्षाका लागि विद्यालय अनिवार्य खोल्नैपर्ने भएपछि त्यससँग जोडिएको सुरक्षाको मापदण्ड अपनाई विद्यालय खोल्ने तयारी गरिएको बताइएको छ ।संक्रमणको अवस्था हेरी विद्यालय सञ्चालन हुनेछ ।

देशभरि ३५ हजार विद्यालयको ‘लोकेसन’ फरक भएकाले सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई नै दिने व्यवस्था कार्यढाँचामा तयार गरिएको समेत बताइएको छ ।यसका साथै कार्यढाँचामा न्यूनतम एक मिटरको भौतिक दूरी कायम हुनेगरी कक्षाकोठामा विद्यार्थीको बस्ने व्यवस्था गर्नुपर्ने, सवारीसाधनले ५० प्रतिशत मात्रै विद्यार्थी बोक्ने, विद्यार्थी बोक्दा पटकपटक बसलाई निमूलीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।शिक्षा

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख