१४ मंसिर २०७७, आइतबार

किरण र एलिनाको फेरि आर्को गीत सार्वजनिक

पछिल्लो समयमा अत्यन्तै गीत रेकर्ड गराउन सफल गायिका एलिना चौहान र नेपाल आइडलका अत्यन्तै हन्ड्सम तथा सम्पुर्ण नेपालीको मन मुटुमा बस्न सफल किरण भुजेलको स्वरमा रहेको ” ज्यान दिन राजी भएको छु ” भन्ने गीत The Divine Music युटुब च्यानल बाट सावर्जानिक भएको छ ,

उक्त गीतमा निर्देशन रबिन लामिछाने तथा सम्पादक शक्ति अर्जुन जि सि ले गरेका छन् । गीत को भिडियोमा पछिल्लो समयमा म्युजिक भिडियोमा रहेकि गरिमा शर्मा , सुधीर श्रेष्ठ , जुना सुन्दास र अजय श्री लाई भिडियोमा देख्न सकिन्छ , यो भिडियोलाई छायांकन सौरभ लामाले गरेका छन भने संगीत पछिल्लो समयमा चर्चामा रहेको संगीतकार अर्जुन पोख्रेलले नै गरेका छन ।यसमा शब्द नारायण रसाइलीले गरेका छन भने मादलमा पोषण घर्ती र रेकर्डिङको काम भने नरेश बि सि ले गरेका छन् ।

यो गीत नेपाली संगीत क्षेत्रमा चर्चामा रहनु भएका गाएक तथा मोडलहरु रहनु भएको हुदा यो गीतले आशा राखे भन्दा बढी सफलता हासिल गर्ने अनुमान पनि गरिएको छ , हामीलाई पनि आशा छ यो गीत ले निकै सफलता हासिल गरोस् मेरो ब्याक्तितगत तर्फ र सम्पुर्ण टीम को तर्फबाट बधाई पनि दिन चाहान्छु र चाहान्छौ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख