२ भाद्र २०७९, बिहीबार

भीम उपाध्याय को हुन , कस्तो छ जीवन शैली ?

नेपाल र नेपालीको गौरवलाई बिश्वसामु चिनाउने नेपाली का निम्ति निरन्तर रूपमा निस्वार्थ रुपले सोचिरहने भीम उपाध्याय को जन्म वि. स २०१६, बैशाख महिनाको १४ गते गुल्मी जिल्लाको , साविकको अर्खवाङ गा. वि . स को गोदावरी भन्ने ठाउँमा बेनिराम र सीता उपाध्यायको कोख बाट जन्म भएको हो ।

अत्यन्तै प्राविधिक क्षेत्रमा रुचि भएका भीम आफ्नो पारिवारिक समस्यका कारणले गर्दा सानै उमेरमा आफ्नो जन्मथलो छोडनु पर्यो र छोडेर ऊनी भैरहवा बसाइँसराइ गर्नु पर्यो , उहाँले आफ्नो पढाई लाई निकै निर्न्तर पनि दिदै जानु भयो र उहाले भैरहवा माध्यमिक बिधालय बाट राम्रो अङ्को साथमा SLC उत्तीर्ण गर्नु भयो

उहाँ नेपालको पुलचोक इन्जिनियरीङ क्लेज बाट डिप्लोमा सिभिल इन्जिनियरीङ गर्नु भयो , साथै उहाँले भारतमा गएर केही बर्ष पढनु पनि भयो र फेरि नेपाल मै आएर सरकारी जागीरमा आवद्ध हुनु भयो र उहाँ त्यसै गरि दामप्त्य जीवनमा बाधिनु भयो , अहिले उहाँको एक छोरा र एक छोरी हुनुहुन्छ । आफ्नो कार्यकाल मा आफ्नो धेरै गाउँलाई विकासित गर्ने उपाध्याय एक बरिस्ठ इन्जिनियर साथै केहि समयपछी नेपालको सचीव पद बाट अवकाश लिनु भयो , हाल उहाँका फेसबुकमा एक लाख चालीस हजार भन्दा बढीले उहाँ लाई फलो गर्दै आएका छन ।

उहाँका समाजिक संजालका स्टाटसले नेपालका कुना काप्चा को आवाज लाई उहाँको सामाजिक संजाल मार्फत प्रस्तुत गर्दै आउनु भएको छ , उहाँका पोस्टहरुले नेपालको वर्तमान परिस्थिति लाई झग्झगाउदै आएको छन , अलि हसिलो किसिमका भीम यति बेला रास्टिय आविष्कार केन्द्रमा सहयोग जुटाउन बेस्त हुनुहुन्छ , उहाले गरेको पोस्ट अनुसार पोस्ट गरेको मिती सम्म १४ लाख भन्दा बढी सहयोग उहाँले आफ्नै नेतृत्वमा आफ्नै सामाजिक संजाल बाट सहयोगको अपिल गरेर निकै सहयोग जुटाउनु भएको छ , आशा छ यो पक्कै पनि अत्यन्तै राम्रो काममा सहयोग पुग्ने छ ।

नेपाल र नेपालीका निम्ति निरन्तर रूपमा निस्वार्थ रुपले सोचिरहने भीम उपाध्याय हामी सबैका निम्ति प्रेरणाका स्रोत हुनुहुन्छ , उहाँलाई सधै यस्तै उर्जा साथ र सहयोग मिल्दै जाओस् , नेपाली जनताको उन्नति चाहाने भीम उपाध्ययले अझै पनि नेपाली गरिव दुखी जनताको निम्ति सधै सहयोग जुटाउदै जाउन , अझै सबैको साथ र सहयोग मिल्दै जावोस भन्दै मेरो ब्यक्तिगत तर्फ साथै सम्पुर्ण टीमको तर्फबाट उहाले गरेकी काम प्रति हार्दिक बधाई तथा आगामी जीवनको शुभकामना दिन चाहान्छु र चाहान्छौ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख