३ भाद्र २०७९, शुक्रबार

अवार्डको गरिमालाई आयोजक र सर्जकहरुले जहिले पनि उच्च राख्न जरुरी हुन्छ : अरबिन्द्र गौतम आयोजक नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९

काभ्रेपलान्चोक -नेपालको पहिलो समावशी अवार्डको रुपमा ख्याती कमाएको नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ यहि माघ २४ गते राष्ट्रिय नाचघरमा सम्पन्न हुदैछ । यो कस्तो अवार्ड हो , अवार्डको आयोजना कसले गर्दै छ किन यसलाई नेपालको पहिलो समावशी अवार्डको रुपमा लिएको आदि कुरा र यसै अवार्डको तयारीको विषयमा हामीले आयोजक तथा संचारकर्मी अरविन्द्र गौतमसँग गरेको कुराकानी :

० आज भोलि निकै ब्यस्त देखिनु हुन्छ नि ?

नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ यहि माघ २४ गते राष्ट्रिय नाचघरमा सम्पन्न हुुँदैछ । नेपालको पहिलो समावशी अवार्डको रुपमा ख्याती कमाएको छ । यसैको तयारीमा आजभोलि दिनहरू बित्दै छ्न ।

० भाषाभाषी सहितको बृहत अवार्ड नेशनल पावर न्यूज म्युुजिक अवार्डको बारेमा बताई दिनुस न ?

यो अवार्ड नेपालको पहिलो समावेशी अवार्ड हो । नेपालमा बोलीने नेपाली चलचित्र आधुनिक, गजल, राष्ट्रिय भाव सहित अन्य राई, लिम्बु, नेवारी, तामाङ, थारु, भोजपुरी ,मैथली, डेउडा, मगर, शेर्पा, मारवाडी र गुरुङ गरि क्षेत्रीय स्तरमा बोलीने कुल १२ ओटा भाषा भाषिका गीतहरुलाई समावेश गरेर नेपालको अवार्ड कार्यक्रमको ईतिहासकै बृहत अवार्ड कार्यक्रमको आयोजना गरेका थियौ । यो कार्यक्रम अन्य अवार्डहरु भन्दा निकै फरक शैली र लक्ष्यको रहेको छ । नेपालमा बोलीने सम्पुर्ण भाषाहरुको सम्मान गरेमा उनिहरुको अस्तित्व जागाई राख्न सकिन्छ भन्ने हेतुले पावर न्युज मासिक, नेशनल पावर न्युज डटकम र पिम नेपालले संयुक्त रुपमा आयोजना गर्दै आईरहेका छ ।

० अवार्ड कार्यक्रम गर्दा आई पर्ने चुनौतीहरु के कस्ता छन् ?

अवार्ड कार्यक्रम भनेको तालि भन्दा गाली बढी खाईने विषय हो । सर्जकहरुलाई सम्मान गर्ने उदेश्यले गरिन्छ तर पछि गएर तिनै सर्जकहरुको आलोचनाको पात्र बन्न पुगीन्छ । अवार्डमा समावेश सबैलाई सम्मान गर्न सम्भव हुदैन । पहिलो चरणमा उत्कृष्ट ५ सम्म पुगीन्छ त्यसमा पर्न नसकेका सर्जकहरु आलोचना गर्नुहुन्छ त्यस पछि उत्कृष्ट ५ बाट फेरी सर्वोत्कृष्ट १ छानिनुहुन्छ बाँकी ४ जनाको आलोचना सहनुपर्छ । यी सबै कुरा आयोजक पक्षलेनै सुन्नु र सहनु पर्दछ ।

नेशनल पावर न्युज म्युजिक अवार्ड २०७५ दोस्रो वर्षको तयारी कस्तो छ ?

आयोजक कमिटीको क्षमता अनुसार लागि परेका छौ । नेशनल पावर न्युज म्युजिक अवार्ड २०७५ यहि माघ २४ गते राष्ट्रिय नाचघर जमलको मेघा हलमा सम्पन्न हुन गईरहेको छ । उत्कृष्ट ५ मा परेका सृजनाहरु माथी जुरी कमिटीले छलफल गरिरहनुभएको छ आयोजक पक्ष कार्यक्रमको पुर्ण तयारीमा रहेको अवस्थामा छ ।

० नेपालमा गरिने अन्य अवार्ड र नेशनल पावर न्युज म्युजिक अवार्ड विच के फरक छ ?

अन्य अवार्ड र यो अवार्ड विच धेरै फरक छ । अन्य अवार्डहरु कुनै एउटा विषयलाई लिएर आयोजना गर्ने गर्दछन् । कुनै लोकदोहोरी मात्रै अथवा कुनै चलचित्र मात्रै छन् । एउटै विषय बस्तुलाई समेटेर आयोजना गरिदै आएका छन् भने नेशनल पावर न्युज म्युजिक अवार्ड भनेको छुट्टै प्रकृतिको अवार्ड कार्यक्रम हो । यसले नेपालमा बोलीनै सबै जातजातीलाई एउटै मञ्चमा उभ्याउने र हामी सम्पुर्ण नेपाली पुर्व अथवा पश्चिम जुन सुकै कुनामा रहे पछि हामी एउटै थुङ्गा थुुङगा मिलेर बनेको माला हौं भन्ने सन्देश दिन र भाषभाषी विचको एकता भाईचारा र मित्रतालाई अझ बलियो बनाउने उदेश्य लिएर यो अवार्डको जन्म भएको हो । यसमा सहभागी हुने कलाकारहरुले प्रतिष्पर्धा भन्दा पनि महोत्सवका रुपमा मनाउन् भन्ने हामी आयोजक पक्ष आशा राख्दछौं । हाम्रो मिसन भनेको गीत संगीतका माध्यमबाट सामाजिक रुपमा एकता र शान्ति निर्माण गर्नु हो ।

० पछिल्लो समयमा हुने अवार्डहरु प्राय विवादित हुदै आएका छन् नी ?

तपाईले भनेको कुरा एक हदसम्म सत्य पनि हो । अवार्ड विवादमा आउनु पहिलो पक्ष व्यवस्थापकीय पक्षको कमजोरी हो भने अर्को कुरा सर्जक र स्रष्टाहरुले पनि सजक हुनै पर्ने हुन्छ । सर्जकहरुको सम्मानको लागि भनेर आयोजना गरिने कार्यक्रमलाई तिनै सर्जकले विवादमा ल्याउनु र आलोचना गर्नु हुदैन । अर्को पक्ष आयोजकको अपरिपक्वता पनि हो, अवार्ड कसरी गरिन्छ यसका व्यवस्थापकिय जिम्मेवारी के हुन भनेर आयोजकले ध्यान नदिंदा र आर्थिक रुममा कमाई खाने भाँडोको रुपमा लिने गर्दा यो विदादित भएको हो , यसमा आयोजक र सर्जकहरु चनाखो हुने हो भने विवादहरु पक्कै कम हुनेछन् । मुख्यतयः अवार्डको गरिमालाई आयोजक र सर्जकहरुले जहिलेपनि उच्च राख्न जरुरी हुन्छ ।

० अन्त्यमा के भन्नू हुन्छ ?

नेशनल पावर न्यूज म्यूजिक अवार्डको फाईनल कार्यक्रमका लागी हामी पुर्ण रुपमा तयारी अवस्थामा छौ, नेपालका प्रथम उपराष्ट्रपतिको उपस्थितिका साथै चलचित्र, गीत संंगीतका चर्चित व्यक्तित्वहरुको सहभागिता र उपस्थितिले पक्कै पनि कार्यक्रमलाई थप सोभायमान वनाउने छ भन्नेमा हामी विश्वस्त रहेका छौ । कुल ५१ विधामा वितरण गरिने अवार्ड कार्यक्रममा कलाकार र संचारकर्मीहरुको उपस्थिति उल्लेखनिय रहनेछ । विविध सांस्कृतिक प्रस्तुतीका साथमा समापन गरिने यस कार्यक्रममा केही संचारकर्मीहरु र समाजमा प्रतिष्ठा कमाएका ख्याति प्राप्त व्यक्तित्व समेत सम्मानित हुने भएकोले कार्यक्रम थप भव्य हुने हामीले विश्वास लिएका छौं । राजेश जि लगायत सम्पुर्ण गाेर्खा अावाज टिमलाई धन्यवाद व्यक्त गर्दछाै।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख