२० मंसिर २०७७, शनिबार

विश्वको अनौठो संग्रहालय, जहाँ घुम्न जान पुरै नाङ्गो हुनुपर्छ, त्यहाँ गएर संग्रालय हेर्नेकी नग्नता ?

काठमाडाैं । फ्रान्सको ‘प्याले दे तोक्यो’नामक संग्रहालयले पहिलो पटक नग्न व्यक्तिहरुलाई अवलोकनको अनुमति दिएको छ। गत मे ५ का दिन पेरिसस्थित संग्रहालयले कपडामुक्त कार्यक्रम आयोजना गरेको हो ।

आगन्तुकहरुले आफ्नो सम्पूर्ण कपडा खोलेपछी विभिन्न चित्रकला तथा मूर्तिहरुको अवलोकन गर्न हलमा प्रवेश गरेका थिए । गत वर्ष पेरिसकै एक पार्कमा ‘न्युड जोन’ स्थापना गरिएको थियो ।

संग्रहालय घुमेपछि नग्न आगन्तुकहरुले त्यहाँको वातावरण अत्यन्त रमणीय रहेको बताएका छन् । उनीहरुले नग्न बनेर कलाकृति अवलोकन गर्दा अलग महसुस हुने पनि बताएका छन् । फ्रान्समा करिब २६ लाख नग्नता मनपराउने मानिसहरुको रहेको अनुमान छ ।

पेरिसमा यस्ता नग्नता मन पराउने व्यक्तिहरुका लागि स्वीमिङ पुल, कसरत स्थल र विभिन्न खेल खेल्ने स्थानहरु तय गरिएका छन् । पेरिसमा सन् १९५३ देखि नै न्युडिस्ट एसोसियसन सञ्चालनमा छ, जसले त्यहाँका नग्नताप्रेमीहरुलाई संगठित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख