२० मंसिर २०७७, शनिबार

च्याम्पियन्स लिग : म्यान्चेष्टर युनाइटेडसँग पीएसजी पराजित

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएका समूह चरणका खेलमा म्यान्चेष्टर युनाइटेड, बार्सा र लाजियो विजयी भएका छन् ।

इङ्लिस क्लब म्यान्चेष्टर युनाइटेडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई उसकै घरेलु मैदानमा २-१ ले पराजित गरेको छ। म्यानुका लागि ब्रुनो फर्नान्डेज र मार्कस राशफोर्डले गोल गरेका थिए । म्यानुकै एन्थोनी मार्शलले आत्मघाती गोल गरेका थिए।

अर्को खेलमा बार्सिलोनाले हंगेरियन क्लब फेरेन्कभारोसलाई ५-१ गोलको भारी अन्तरले पराजित गरेको छ। बार्साका लागि घरेलु मैदानमा लियोनल मेस्सी अन्सु फाती, फिलिप कोउटिन्हो, पेड्री र ओसमान डेम्बेलेले गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख