१६ असार २०७९, बिहीबार

हिटलरको त्यो सोच, जसले जन्मायो विश्वचर्चित कार ब्रान्ड फक्सवागन

एजेन्सी ।  तत्कालिन समयमा जर्मन शासक हिटलर सबैको चासोको विषय विन्यो विश्वभर । अहिलेपनि हिटलर बारेको बहसले एक खालको तरंग पैदा गर्छ । तिनै हिटरले सोचे सवारी बनाउने । उनको सोच अनुसार २८ मे १९३७ मा फक्सवागन कम्पनीको स्थापना भएको हो । अहिले प्यासेन्जर कार बिक्रीमा जर्मनीको उक्त कम्पनी उत्कृष्ट मध्येमै रहेको छ । २०१७ मा भने फक्सवागन विश्वको सबैभन्दा धेरै कार बिक्रेता कम्पनीको रुपमा रहेको थियो । यही मे महिनामा फक्सवागनले आफ्नो स्थापनाको ८१ वर्ष मनाएको छ । उक्त कम्पनी बारे यहाँ १० रोचक तथ्य प्रस्तुत गरिएको छ ।

के हुन् ती रोचक तथ्य :

फक्सवागनलाई पिपुल्स कार कम्पनी भनिन्थ्यो

२८ मे १९३७ मा एडोल्फ हिटलरले नेतृत्व गरेको जर्मन सरकारले आफ्नो स्वामित्वको अटोमोबाइल कम्पनी स्थापना गरेको हो । स्थापना हुँदा उक्त कम्पनीको नाम जेसलेस्काफ्ट भोरवेरिटग डेस डेउस्चेन फक्सवागन एमबीएच थियो । स्थापनाको एक वर्ष पछि उक्त कम्पनीको नाम फक्सवागन राखिएको हो । यो कम्पनीलाई पिपल्स कार कम्पनी समेत भनिन्थ्यो । हिटलरले फक्सवागनका लागि छुट्टै सहर बनाए । हिटलरले सवारी उत्पादक कम्पनी फक्सवागनका लागि छुट्टै सहर बनाएका थिए । उक्त सहरमा सवारी उत्पादक कम्पनी र कम्पनीमा कार्यरत कामदारहरु बस्न बनाइएको थियो ।

हिटलरको ओरिजिनल बिटल कार बहुत चर्चित बन्यो

हिटलरको कन्सेप्टमा बनेको बिटलकार उक्त समयमा निक्कै चर्चित बन्यो । २०औं सताब्दीमा यो कारले विश्वभर तहत्का मच्चाएको थियो । सो समयमा बिन्टल कार सर्वाधिक बिक्री हुने कार समेत बन्न सफल भएको थियो र लामो समयसम्म कायम रह्यो । बिटल कार फक्सवागनले सन् २००३ मा उत्पादन बन्द गर्यो । २००३ सम्ममा बिटल विश्वभर २ करोड १५ लाख वटा बिक्री भएको थियो ।

१९३० यता फक्सवागनले बनाएको बाटो

सन् १९३० पछि फक्सवागनले सवारी उद्योगको क्षेत्रमा नयाँ बाटो तय गर्यो । त्यस यता हालसम्म फक्सवागनले फक्सवागत ग्रुपको मातहतमा १२ वटा ब्राड बनाइ सकेको छ । यो ग्रुपमा विश्व चर्चित ब्रान्डहरु जस्तै अडी, बेन्टले, लेम्बर्गिनी, पोर्च, स्कोडा लगाउत रहेका छन् ।

फक्सवागन वास्तवमै पिपल्स कार कम्पनी

आजको परिदृश्यमा फक्सवागन साँचै आम मानिसको कार कम्पनीको रुपमा रहेको छ । हिटलरले त्यतिबेला भनेको पिपल्स कार कम्पनी अहिले आएर सार्थक बनेको छ । हिटलरले सबै मानिसलाई कारको पहुँच पुर्याउने र त्यसमा फक्सवागनले नेतृत्वदागी भुमिका खेल्न गरि उक्त कन्सेप्ट ल्याएको अनुमान अहिले गर्न सकिन्छ । हाल जर्मनीमा किनिने ३ कार मध्ये एउटा फक्सवागन ब्रान्डको हुन्छ । त्यस्तै जर्मन कार बजारमा फक्सवागनको माबै ३६ तिशत बजार हिस्सा रहेको छ ।

विश्वमा हरेक १० कारमा १ फक्सवागन ग्रुपको

२०१४ को तथ्यांक अनुसार विश्वमा बिक्री हुने १० कार मध्ये एउटा फक्सवागन ग्रुपको कार हुन्छ । त्यो वर्ष फक्सवागन ग्रुपले विश्वभर १ करोड २ लाख कार बिक्री गरेको थियो । १० कार मध्ये ७ वटा भने जर्मनभन्दा बाहीर बिक्री हुन्थ्यो ।

फक्सवागनले धेरै कार बिक्री गर्ने टोयोटालाई पछि पार्यो

कार बिक्रीको माम्लामा २०१५ को जुलाईमा फक्सवागन एक नंबर बन्यो । त्यस भन्दा पहिले जापानी कार निर्माता कम्पनी टोयोटा विश्वको सबैभन्दा धेरै कार बिक्रेता कम्पनीको रुपमा रहँदै आएको थियो । त्यस्तै फक्सवागन आम्दानीका हिसाबले पनि विश्वको पहिलो सवारी उत्पादक कम्पनी बनेको हो । २०१४ को तथ्यांक अनुसार फक्सवागनले २ सय २.५ अर्ब युरो बराबरको कार बिक्री गरेको थियो । तर २०१५ मा प्रदूषण सफ्टवेरमा बदमासी गरेको तथ्य बाहीर आएपछि फक्सवागनलाई निक्कै धक्का पुगेको छ ।

विश्वको सबैभन्दा ठूलो कार कम्पनी मध्येको एक

२०१४ को डिसेम्बर अन्त्यसम्ममा फक्सवागन ग्रुपमा ६ लाख मानिसले प्रत्यक्ष रुपमा काम गरि रहेका थिए । अहिले पनि फक्सवागनमा यो भन्दा बढी मानिसले काम गरि रहेका छन् । यसले पनि फक्सवागन ग्रुपलाई विश्वको ठूलो कार कम्पनीका रुपमा देखाएको हो । उक्त संख्या मध्ये करिब २ लाख ७० हजार जर्मनीमै कार्यरत थिए ।

जर्मन अर्थतन्त्रको सबैभन्दा ठूलो क्षेत्र अटो

जर्मन अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा अटोमोबाइल उद्योगले ओगटेको छ । यसमा फक्सवागन ग्रुुपको सबैभन्दा धेरै हिस्सा रहेको छ । विश्वका मुख्य सवारी उत्पादक ब्रान्ड डिमलर, बीएडब्लू र फक्सवागन जर्मनीमै छ । जर्मनीमा उक्त तीन कम्पनीले अटो उद्योगमा ८ लाख भन्दा बढी मानिसलाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख