२० मंसिर २०७७, शनिबार

आईपीएलमा राजस्थानलाई हराउँदै मुम्बई उक्लियो शीर्ष स्थानमा

एजेन्सी । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लेको छ ।

मंगलबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ५७ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।

मुम्बईले दिएको १९४ रनको लक्ष्य पछएको राजस्थानले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३६ बनाउन सक्यो ।

राजस्थानका लागि जोस बर्टलरले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका उनले ४ चौका र ५ छक्काको सहयोगमा ७० रनको योगदान गरे । त्यस्तै जोफ्रा आर्चरले २४ रन बनाउँदा टोम करनले १५ रन बनाए ।

बलिङतर्फ मुम्बईका लागि जस्प्रित भुम्राहले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २० रन दिएर चार विकेट लिन सफल भएका हुन् ।

त्यस्तै ट्रेन्ट बोल्ट र जेम्स प्याटिन्सनले समान दुई–दुई विकेट लिन सफल भए । मुम्बईका लागि राहुल चहार र किरोन पोलार्डले पनि एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख