६ बैशाख २०७८, सोमबार

उपत्यकामा १,११७ संक्रमित थपिए, काठमाडौँमा मात्रै १ हजार १ जना

काठमाडौँ । बितेको २४ घण्टाको अविधमा काठमाडौँ उपत्यकामा १ हजार ११७ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै काठमाडौँ जिल्लामा मात्र १ हजार १ सहित उपत्यकामा १ हजार ११७ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

काठमाडौँमा ४०५ महिला र ५९६ पुरुषसहित १ हजार १ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै भक्तपुरमा ३५ महिला र ३२ पुरुषसहित ६७ जनामा कोरोना संक्रमण भएको छ । ललितपुरमा ४७ महिला र ६२ पुरुषसहित १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख