८ कार्तिक २०७७, शनिबार

आजको राशिफल : २०७७ असोज १० गते, शनिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योगछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – आज स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) – धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्‍याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ मिल्ला । साथीभाइले पनि राम्रै सहयोग गर्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रापनि होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । घरमा अतिथीको आगमन हुनेछ । संगीतमा रुचिपनि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभपनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । रोकिएको काम पुरा हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – आज रोकिएका आधुरा काम पुन: सुचारु हुनसक्छ । शुभ र मंगल कार्यको चर्चा चल्नेछ । नयाँ कामको योजना या प्रारम्भ समेत हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख