८ कार्तिक २०७७, शनिबार

थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १३१३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३१३ जना नयाँ संक्रमित थपिएका हुन् । 

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७० हजार ६१४ रहेको छ । संक्रमित मध्ये ५१ हजार ८६६ जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा १४५५ जना कोरोनामुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख