८ कार्तिक २०७७, शनिबार

दैनिक घट्दै सुनको मूल्य, यस्तो छ आजको भाउ ?

gold सुन

काठमाडौं । केही दिनदेखि बजारमा सुनको मूल्य घट्दै छ । आज पनि सुन तोलामा एक हजार दुई सय रुपैयाँ घट्दै ९३ हजार एक सयमा झरेको छ ।

सुन हिजो प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि घट्दै छ । चाँदी आज पनि तोलामा ७० रुपैयाँ घट्दै प्रतितोला एक हजार एक सय २० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय ९० रुपैयाँमा कारोबार भर्को महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख