२० मंसिर २०७७, शनिबार

महिला क्रिकेटर ‘सेन्ट्रल कन्ट्रयाक्ट’ सार्वजनिक

चितवन । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार २०२० का लागि सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने १९ महिला खेलाडीको सूची सार्वजनिक गरेको छ ।

क्यानले पहिलो पटक महिला खेलाडीलाई कन्ट्रयाक्टमा राखेको हो । चितवनमा बसेको बोर्ड बैठकले पारित गर्दै क्यानले कन्ट्रयाक्टमा पर्ने खेलाडीहरुको सूची सार्वजनिक गरेको जनाएको छ।

क्यानले सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरेको छ भने खेलाडीले वर्गीकरण अनुसार नै तलब पाउने गर्छन् । ‘ए’ श्रेणीका खेलाडीले १५ हजार, ‘बी’ ले १२ र ‘सी’ श्रेणीका खेलाडीले १० हजार मासिक पाउने व्यवस्था छ।

सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने खेलाडीको सूची –

‘ए’ श्रेणी:

• रुबिना क्षेत्रि

• नेरी थापा

• इन्दु बर्मा

• सिता राना मगर

• करुणा भण्डारी

‘बी’ श्रेणी:

• ज्योति पाण्डे

• अप्सरी बेगम

• रोमा थापाबिन्दु रावल

• कविता जोशी

• ऋतु कजौनिया

• काजल श्रेष्ठ

• सरिता मगर

‘सी’ श्रेणी:

• कविता कुँवर

• डोली भट्ट

• अनुराधा चौधरी

• सोनु खड्का

• अञ्जली चन्द

• सोभा आले

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख