३ माघ २०७८, सोमबार

यसरी गर्नुहोस् सुर्य नमस्कार, यस्तो छ स्वास्थ्य लाभ !

काठमाण्डौँ । सूर्यलाई नमस्कार सुर्य सृष्टिको मुल र जगतको आधार हो । सुर्यमा सम्पुर्ण शक्तिहरु समाहित छ । शक्तिश्रोत सूर्यलाई अभिवादन, प्रणाम, श्रद्धा वा आभार प्र्रकट गर्ने एउटा माध्यम सुर्य नमस्कार हो । श्रद्धापुर्वक सूर्यलाई अघ्र्य दिने, सूर्यलाई पूज्ने, सूर्यलाई दर्शन गर्नेलगायतका विभिन्न चल्तीचलन धेरै पहिलादेखी अभ्यास हुँदै आइरहेको छ ।

दैनिक रुपमा हामीले जप्ने गायत्री मन्त्र दैनिक उच्चारण, ध्यान र जप सबै सूर्यदेवकै आराधना हो । सूर्य हाम्रो सरल सहज दैनिकीको लागि यति धेरै महत्त्वपूूर्ण छ सूर्यविना हाम्रो जिन्दगी नै असम्भव छ। सायद यही सत्यबोध गर्दै ऋषिहरूले हामीले गायत्री मन्त्रका माध्यमले सूर्यको ध्यान, चिन्तन र स्मरण गर्ने र शक्ति आर्जन गर्ने कुरालाई दैनिकी बनाउ मार्गदर्शन दिएका छन् ।

प्रकृति उपासना

हामीले मनाउदै आएका चाडपर्व रितिरिवाज तथा चालचलनहरु प्राकृतिसङ्ग सहभाव राख्दै प्रकृतीप्रति श्रद्धाभाव व्यक्त गर्दछन् । काग , कुकुर, गाई, पीपल, तुलसीलगायत जीवजनावर, चराचुरुङ्गी र बोटवनस्पति सबैलाई देवताकै समकक्षमा राखेर पूज्ने, श्रद्धा र आभार प्रकट गर्ने हाम्रो संस्कार छ ।

सूर्य नमस्कारबाट सूर्य प्रसन्न हुनुका साथै साधकलाई मानसिक एवम् शारीरिक स्फुर्ति, स्वास्थ्य र दीर्घजीवनको प्राप्ति हुन्छ। यसप्रकार, सूर्य नमस्कार गरेर सूर्यदेवलाई प्रसन्न तुल्याउने, आफू पनि प्रसन्न हुने र सूर्यप्रति आभार व्यक्त गर्नुका साथसाथै शरीर र मनलाई पनि स्वस्थ, सुन्दर र सुखी तुल्याउने काम गरिन्छ। सूर्य नमस्कारका १२ चरण छन् ।

सूर्य नमस्कार आसनहरु

१. प्रणाम आसन
२. हस्तउत्थान आसन
३. हस्तपाद आसन
४. अश्व सञ्चालन आसन
५. पर्वत आसन
६. अष्टाङ्ग नमस्कार आसन
७. भुजङ्ग आसन
८. पर्वत आसन
९. अश्वसञ्चालन आसन
१०. हस्तपाद आसन
११. हस्तउत्थान आसन
१२. प्रणाम आसन

सूर्य नमस्कारमा १२ आसनका माध्यमले बाह्रपटक सूर्यलाई नमस्कार गर्दा साथै बाह्र फरक–फरक नाममन्त्रहरूको उच्चारण गर्ने गरिन्छ। यी बाह्र मन्त्र सूर्यदेवकै विभिन्न नाम हुन् ।

१. दुबै खुट्टा खुट्टा जोडेर सोझो उभिने, नमस्कार गर्ने। औैँलाले श्वासप्रश्वास सामान्य राख्ने । ध्यानलाई आज्ञाचक्र अर्थात निधारमा दुई आँखाका बीचमा राख्ने र आँखा बन्द गर्ने । मन्त्र- ‘ॐ मित्राय नमः’

२. श्वास लिँदै हातलाई माथि उठाउने। घुँडा नखुम्च्याई गर्धन र बाहुलाई पछाडिपट्टि झुकाउने । ध्यान गर्धनको पछाडि विशुद्ध चक्र अर्थात चिउँडो र गर्धनबीच घाँटीमा केन्द्रित गर्ने । मन्त्र- ‘ॐ रवये नमः’।

३. सास छाड्दै घुँडालाई नमुख्च्याई दुवै हातका पन्जाले जमिन छुने प्रयास गर्ने । दुवै हत्केलालाई दुवै खुट्टा साथै निधारले दुवै घुँडा छुने प्रयास पनि गर्ने। ध्यान मणिपुर चक्र अर्थात नाभि वरपरमा केन्द्रित गर्ने । मन्त्र- ‘ॐ सूर्याय नमः’।

४. सास लिँदै वा भर्दै दाहिने खुट्टा जति सकिन्छ, पछाडि लैजाने। त्यसपछि दाहिने घुँडाले जमिनमा छुँदै शिरलाई माथि उठाउने। देब्रे घुँडा मोडिएको हुनुपर्ने छ। हातका पन्जा देब्रे गोडाको सीधा जमिनमाथि हुनुपर्ने छ। त्यसपछि शरीरलाई हातका पन्जाको बलमा माथि उठाउने। ध्यान स्वाधिष्ठान अर्थात नाभि र गुप्ताङ्गको बीचमा अर्थात विशुद्ध चक्रमा स्थिर गर्ने । मन्त्र- ‘ॐ भानवे नमः’ ।

५. सास छोड्दै देब्रेलाई जस्तै दाहिने गोडालाई पनि पछाडि लाने र अगाडि सीधा हेर्ने। मेरुदण्ड र पृष्ठप्रदेश अथवा पेट जतिसक्दो सीधा बनाउने र माथि हेर्ने। ध्यान सहस्रार अर्थात टाउकोमा टुप्पी रहने स्थानमा केन्द्रित गर्ने प्रयास गर्ने । मन्त्र- ‘ॐ खगाय नमः’।

६. श्वासप्रश्वास सहज र सामान्य अवस्थामा राख्दै झुकेर आफ्नो घुँडा, छाती, निधार र हातका पन्जाले जमिनमा छुने। ध्यान अनाहत चक्रलाई हृदय, छातीमा केन्द्रित गर्ने । मन्त्र- ‘ॐ पूष्णे नमः’ ।

७. सास लिँदै वा भित्र भर्दै दुवै हातको सहारामा शरीरको अगाडिको भाग (छाती, पेट, टाउको) ले जतिसक्दो आकाशतिर हेर्दै पछाडि लैजाने। यो अवस्थामा घुँडाले भने जमिन छोएको हुनुपर्ने । मन्त्र- ‘ॐ हिरण्यगर्भाय नमः’।

८. खुट्टा र हातलाई सम्पूर्ण रूपमा जमिनमा राख्दै सास छोड्दै बाँकी शरीरलाई पिरामिडको आकारमा माथि उठाउने। टाउको दुवै काँधको बीचमा हुनुपर्ने छ। नाभी देखियोस्, कुर्कुच्चाले जमिन छोओस्। ध्यान सहस्रार चक्रमा केन्द्रित गर्ने । मन्त्र- ‘ॐ मरिचये नमः’।

९. सास लिँदै वा भित्र भर्दै देब्रे घुँडालाई जमिनमा राख्ने दाहिने खुट्टाको घुँडा खुम्च्याएर अगाडितिर तान्ने । दुवै हात दाहिने पन्जाको सीधा जमिनमाथि राख्ने । यो अवस्था चौथो अवस्थासित मिल्छ। ध्यान स्वाधिष्ठान तथा विशुद्ध चक्रमा लगाउने । मन्त्र- ‘ॐ आदित्याय नमः’ ।

१०. सास छोड्दै देब्रे खुट्टाको सामुन्ने दाहिने खुट्टानजिक ल्याउने झुकेर घुँडा नखुम्च्याई जमिन छुने । ध्यान मणिपुर चक्रमा लगाउने । मन्त्र- ‘ॐ सवित्रे नमः’।

११. सास लिँदै दुवै हात सीधा माथि उठाउने र दोस्रो अवस्थामा जस्तै घुँडा नखुम्च्याई पछाडितिर झुक्ने। ध्यान विशुद्ध चक्रमा लगाउने । मन्त्र- ‘ॐ अर्काय नमः’

१२. सास छोड्दै पहिलो अवस्थामा जस्तै हातहरूलाई नमस्कारको मुद्रामा छातीमा राखी सीधा उभिने। यससँगै सूर्य नमस्कारको एउटा चक्रको क्रम समाप्त हुन पुग्छ। मन्त्र- ‘ॐ भास्कराय नमः’

सूर्य नमस्कार गर्दा ध्यान दिनुपर्ने कुराहरू:

• रक्तचाप उच्च छ, त्यस्तो व्यक्तिका लागि सूर्य नमस्कार राम्रो मानिँदैन । यसले लाभका ठाउँमा हानी गर्ने सम्भावना हुन्छ ।

• हृदयसम्बन्धी अथवा मुटुसम्बन्धी समस्याले ग्रस्त व्यक्तिका लागि पनि सूर्य नमस्कार राम्रो मानिदैन ।

• त्यस्तै, मेरुदण्ड र कम्मरको समस्याले ग्रस्त व्यक्तिले पनि सूर्य नमस्कारमा विचार पुर्याउनुपर्ने हुन्छ। सकेसम्म सूर्य नमस्कारको अभ्यास नगर्ने, यदि गरी नै हाल्दा पनि अत्यन्त योग्य र अनुभवी योगप्रशिक्षकसितको सल्लाह र परामर्शमा मात्रै अभ्यास गर्दा उचित हुन सक्छ। सूर्य नमस्कारका फाइदा ।

• प्राणायाम र शारीरिक व्यायाम गर्दा हुने फाइदा यही बाह्र चरणको सूर्य नमस्कार विधिबाट प्राप्त हुन्छ ।

• सूर्य नमस्कार गर्ने व्यक्ति ।

सूर्य नमस्कारका फाइदा

• प्राणायाम र शारीरिक व्यायाम गर्दा हुने फाइदा यही बाह्र चरणको सूर्य नमस्कार विधिबाट प्राप्त हुन्छ ।

• सूर्य नमस्कार गर्ने व्यक्ति अल्छी हुँदैन, रोगी हुँदैन । शरीर सदा स्वतस्फूर्त रहन्छ। काममा जाँगर चल्छ ।

• शरीरमा बल र साहस वृद्धि भएर जान्छ, शारीरिक शक्तिको विकास हुन्छ।

• छालाका समस्या वा रोग लगभग समाप्त भएर जान्छन् भने रोग लाग्नबाट समेत बचाउँछ ।

• पेटको मोटोपन बढ्नबाट जोगाउने र कब्जियत समाप्त पार्छ । यसको अभ्यासले कब्जियतलगायतका समस्त रोग निको हुन्छ ।

• पाचन संस्थानहरू सक्रिय हुन पुग्दछन् । पाचनप्रणाली सुस्त, दुरुस्त र चुस्त हुन्छ भने खाना मिठो भएर जान्छ। पाचनसम्बन्धी समस्या न्यून हुँदैन जान्छन् ।

• शरीरमा लचकता पैदा हुन्छ। शरीर चलायमान र गतिशील हुन्छ । बढेको शरीरको तौल कम हुँदै जान्छ ।

• तनाव नियन्त्रणका लागि ठूलोे फाइदा हुन्छ। सूर्य नमस्कारलाई नियमित रूपमा अभ्यास गर्नाले स्वस्थप्राप्ति साथै समग्र शरीर पुर्ण सुगठित र सन्तुलित राख्न सहयोग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख