७ आश्विन २०७७, बुधबार

काठमाण्डौँमा एकाबिहानै ६ रेक्टर स्केलको भूकम्पको धक्का

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकाबिहानै भूकम्पको धक्का महशुश भएको छ ।

सिन्धुपाल्चोकको राम्चे आसपासमा केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रको प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । भूकम्प करिव आज बिहान ५:२० तिरको समयमा आएको हो ।

आज बिहान आएको भूकम्प गत २०७२ सालको भूकम्पको पराकंप मात्र हो वा नयाँ भूकम्प गएको हो भन्ने विषयमा थप विवरण आउन बाँकी छ ।

कतिपय मानिसहरु घरबाटै बाहिर निस्कन भ्याए । बिहानको समयमा सुतिरहेका मानिसहरु भूकम्पको तरंगले एक्कासी घर बाहिर निस्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख