१० आश्विन २०७७, शनिबार

कविता : सुध्रन चाहनेलाइ सँसार सुधार गृह हो

सँसार भरमा प्राणीहरु बास गर्छन् अनेक थरि
आपसमा कुरा गर्छन् आफ्नै भाषा सँकेत गरी
हेर्ने, छुने,सुघ्ने आवाज दिने पनि गर्छन् कति
जन्तुहरु पछाडि छन् छैनन् चलाख मान्छे जति।

मान्छे पनि विभिद् भाषी छरिएछन् जगत भर
समुदाय र स्थान अनुसार भाषा बोल्छन् वरपर
एकै भाषी, एउटै धर्म वोलिचाली पर्छन् फरक
कति मान्छे गर्छन् ठुलो आवाजमा तडकभडक।

सुरिलो वा धोद्रो स्वर प्राकृतिक हो हुन्नन् नवीन
सकिन्छ है बनाउन त चर्को मीठो सरल मलिन्
रुखो चर्को छुद्र तीखो अशभ्य स्वर प्रयोग गरि
मानिसका दिल किन? दुखाउनु है जीवन भरि ।

गलत केही भए पनि मधुर स्वरले सहज होला
क्षणभरमा सुनसान हुन्छ वर्षादको खहरे खोला
आफ्नै तागत सम्मान घट्छ रुखो उच्च स्वर गरे
सँसार धर्काउने दानव क्षण भरमा मासिय मरे

सम्मान मिल्छन् सत्यतामा मलिन् स्वरै भए पनि
झुट स्वरलाइ कोहि मान्दैन धर्ती फाटी गए पनि
मैले ग-या सबै ठिक हो अरु सारा गलत फगत
म रहुन्जेल सबै रहन्छ रे म नभए रहन्न यो जगत

आफ्नो गल्ति ढाकछोप पार्न अरुलाइ आरोपित
सबै सधैँ सचेत बनौँ नजिक नजाऊँ त्यस्तासित
सर्व ज्ञानले भरिपूर्ण मानवको जन्म नहोला कहिँ
सानातिना कम्जोरी त गर्छन् मानिस कहिले कहिँ।

गल्ति हुन्छ क्षमा मिल्छ फेरि गल्ति नदोहोरियोस्
कामकाज गर्दा सबै सचेत बनौँ हरक्षण गरेर होस्
सामुन्ने भन्दा नि पछि सम्मान पाउने भाषा बोलौँ
ममात्र गुणी सर्वश्रेष्ठ हुँ अरु खत्तम छन् भन्न छोडौँ ।

चराचुरुङ्गी र जनावरहरु मानिसबाट सिक्छन् धेरै
मानिस भने घमण्डी भैइ भन्छ आदत राम्रो छ मेरै
सुगा मैना सारौ बोल्छन् मानव भाषा तालिम दिए
कैयौँ मानिस मपाइत्वले जीवन भरलाइ नै बिग्रिए

आफ्नो कम्जोरीलाइ केलाइ सुधारिऊँ अघि बढौँ
असफलतालाइ सफलताको मार्ग ठानी अघिबढौँ
विश्व जगत पाठशाला हो सुधार गृह हो सुध्रनेलाई
सिलाएर कहाँ सकिन्छ जहिले जहाँ नि उद्रनेलाइ?

-गोर्खाली काइला

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख