७ आश्विन २०७७, बुधबार

उपत्यकामा एकैदिन सर्वाधिक ६७६ जना कोरोना संक्रमित थपिए, काठमाण्डौँमा मात्रै ५५५ जना

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै ५५५ जना रहेका छन् भने भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना रहेका छन् । 

मंगलबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।

पछिल्लो समय उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइएसँगै संक्रमित पनि बढ्लै गएका छन् । यस्तै उपत्यका प्रवेश गर्ने नाकामा समेत कडाइ हुन नसकेको भनिएको बेला संक्रमित पनि बढेका हुन् । 

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख