७ आश्विन २०७७, बुधबार

सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७६ इन्द्र पौडेललाई

पोखरा । सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७६ बाट इन्द्र पौडेल सम्मानित भएका छन। नगद २० हजार ५ सय रुपैयाँ, ताम्रपत्र तथा दोसल्लासहितको यो पुरस्कार सहारा क्लब पोखराको २२औं वार्षिकोत्सवका अवसरमा पत्रकार पौडेललाई प्रदान गरिएको हो । गण्डकी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उनलाई यो सम्मान गरेका हुन ।

कास्कीको अन्नपूर्ण गाउँपालिका ३ स्थायी घर भई हाल पोखरा ८ मा बस्दै आएका पौडेल २०६२ देखि कान्तिपुर टेलिभिजनमा आवद्ध छन्। केही बर्ष उनले समाधान दैनिक र हटलाइन दैनिकमा फोटो पत्रकार तथा संवाददाताको रुपमा समेत काम गरेका थिए ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव समेत रहेका पौडेल प्रेस काउन्सील क्रियासील पत्रकारीता पुरस्कार २०७२, (विनाशकारी भूकम्प, बाढि पहिरोको जटिलताका बिच जीवनको प्रर्वाह नगरी चुनौती पूर्ण पत्रकारिता गरे स्वरुप), कास्की जिल्ला भलिबल संघ २०७५, फोटोग्राफर संघ पोखरा लगायतबाट सम्मानित भएका छन् ।

क्लबले प्रत्येक वर्ष पत्रकारिताको माध्यमबाट खेलकुदको विकासमा योगदान पुर्‍याउने र सो सम्बन्धि समाचार समाचार सम्प्रेषण गर्ने पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको छ । विगत १५ वर्षदेखि क्लव स्थापना दिवशको अवसर पारेर यो पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

क्लबका सल्लाहकार एवं अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित सात सदस्यीय प्रतिभा छनोट समितिले पौडेललाई छनोट गरेको हो । यसअघि सो पुरस्कारबाट पोखराका पत्रकार कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल र सन्देश श्रेष्ठ पुरस्कृत भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख