७ आश्विन २०७७, बुधबार

कोरोना र कन्टाजियन, फ्युटिलटी फिक्सन

मोर्गन रोबर्टसनले १८९८ मा “फ़्युटिलटि” नामक एक उपन्यास प्रकासन गरे । उपन्यासमा “टिटन” नाम गरेको पानिजहाज आफ्ना सम्पुर्ण यात्री सहित अट्लान्टिक सागरमा डुब्छ, नायक जोन रोल्याण्ड बाच्न सफल हुन्छ र आफ्नी पूर्व प्रेमिकाको छोरी पनि बचाउछ । यो उपन्यास प्रकासन भएको १४ बर्षपछि अर्थात सन् १९१२ मा टाइटनिक नामको पानि जहाज आफ्ना सम्पुर्ण यात्री सहित अट्लान्टिक सागरमा डुब्छ ।

उपन्यासको जहाज “टिटन” र बास्तबिक डुबेको जहाज ‘टाइटनिक’ दुवै Atlantic Sea मा र दुवै April महिनामा डुब्छन । मानौ कि १९१२ मा घटेको यो घटनाको पूर्व घोषणा १४ वर्ष अगाडि नै लेखक रोबर्टसनले गरेका थिए ।

स्कट बर्न्सले लेखेको र स्टिभन सोडरबर्गले निर्देसन गरेको फिल्म “कन्टाजियन” 3 Sept. 2011 मा भेनिसमा आयोजित फिल्म फ़ेस्टिभलमा प्रदर्सन गरियो । फिल्ममा- ब्यापारिक भ्रमण गरि नायिका बेथ एमहोफ हङकङबाट अमेरिका फर्किना साथ बिरामी पार्छिन । उनको श्रीमान् मिचले तुरुन्त हस्पिटल लग्छ, तर उनको रोग पत्ता लाग्दैन, उनि मर्छिंन । घर फर्केर आउदा उसको छोरा क्लार्क पनि मरेको हुन्छ । मिचलाई आइसोलेसनामा राखिन्छ, उसकी छोरीलाई क्वारेन्टाइन राखिन्छ ।

बेथ संग सम्पर्कमा आएका मानिसहरु पनि बिरामी पर्छन र तिनीहरुका सम्पर्कमा आएकाहरु पनि बिरामी पर्छन, धेरै मर्छन । यो अज्ञात रोग भाइरसले महामारीको रुप लिन्छ। सङक्रमित ब्यक्तिले छोएको कुनै चिज छोए वा उसलाइ छोए रोग सर्छ। त्यसैले सङक्रमितहरुलाई अवस्था हेरी आइसोलेसन, क्वारेन्टाइनमा राखिन्छ। सहरमा लक्डाउन गरिन्छ। सहर,सडक सुनसान हुन्छन, मान्छेहरु भयभित हुन्छन। प्रत्यक १२ जनामा एक जना सङक्रमित हुन्छ अनि मृत्यु दर २५/ ३० % पुग्छ।

फिल्ममा जे देखिन्छ अहिले बास्तिक संसारमा ठ्याक्क त्यस्तै भईरहेछ। ९ बर्ष अगाडि फिल्मका लागि कल्पना गरिएको घटना अहिले बास्तबिक जीवनमा हामि भोग्दै छौ । टाइटानिक डुब्ने कुरा Robertson ले १४ बर्ष अगाडि र कोरोना जस्तै महामारीले जीवन लिने र भयभित बनाउने, अस्तव्यस्त बनाउने कुरा Burns ले आज भन्दा ९ बर्ष पहिले नै फिल्ममा देखाए । कतै लेखकहरु त्रिकालदर्शी त होइनन ?

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख