७ आश्विन २०७७, बुधबार

गोरखाको भीमसेनमा अदुवा खेती बिस्तार

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ र ८ नारायणपुरमा अदुवा खेती बिस्तार सुरु गरिएको छ ।

अदुवाको पकेट क्षेत्र घोषणा गरिएका ति क्षेत्रमा कृषि ज्ञान केन्द्र गोरखाको साझेदारीमा करिब २ सय रोपनी जमिनमा अदुवा खेती गरिएको नारायणपुर कृषि सहकारीका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।

कृषि ज्ञान केन्दको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत लगानीमा हामीले अदुवा खेती बिस्तार गरिएको हो ।

नारायणपुर अदुवा पकेट क्षेत्र सञ्चालक समितिले १६ लाखको लगानीमा नारायणपुर, लेखापाखा, ऐरीभञ्ज्याङ, सिमलटार, क्यामुन्टार लगायतका स्थानमा अदुवा खेती गरेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार नारायणपुरमा मात्र १७ रोपनि क्षेत्रफलमा अदुवा खेती थालेको उहाँले बताउनुभयो ।सबै स्थानमा आधुनिक पद्धतीबाट अदुवा खेती गरिएको र यसले समाजलाई समृद्धितर्फ लैजाने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख