७ आश्विन २०७७, बुधबार

जनकपुरमा दुई पक्षबीच झडप, ७ राउण्ड अश्रुग्यास प्रहार

जनकपुरधाम । फेसबुकमा फोटो राखेको बिषयमा जनकपुरधामका दुई पक्षबीच झडप भएको छ ।

जनकपुरधाम वडा नम्बर २० रुपैयामा शनिबार भएको झडपमा झण्डै एक दर्जन व्यक्तिलाई चोट लागेको छ । भडप रोक्न प्रहरीले ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

दुबै पक्ष एकअर्कासँग लड्न थालेपछि नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्नु परेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र मिश्रले बताए । उनका अनुसार मोहर्रम पर्व मनाउन बनाइएको दाहाको फोटो फेसबुकमा राखिएको बिषयमा विवाद भएको थियो ।

अहिले अबस्था सामान्य भएको र विवाद मिलाउन दुबै पक्षबीच छलफल भइरहेको उनले जानकारी दिए । ‘दुबै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर छलफल गराइरहेका छौं’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख