१० आश्विन २०७७, शनिबार

कुलमान घिसिङ् र देबत्वकरण

काठमाण्डौ । कुलमान घिसिङ्ग र देवत्वकरण पछिल्लो समय निकै चर्चाको विषय बनेको छ । त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्रका अध्यापक समेत रहनुभएका राजनीति विश्लेषक डा. राजेन्द्र आहात यो विषयमा यसो भन्नुहुन्छ:-

कुलमान घिसिङलाइ नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकमा दोहोराउनु पर्छ भन्ने पब्लिक सेन्टिमेन्ट देखिनुको कारण घिसिङलाइ देबत्वकरण गरिएको होइन बरु सरकारले साच्चै क्षमतावान ब्यक्तिको खोजि नगरि आफ्ना नाता सम्बन्ध, आसे पासे खोज्दै नहिडोस भन्ने हो ।

एकै जना ब्यक्तिलाई पटकपटक र कोहि कोहि लाइ त आजीवन नियुक्ति नगरियोस भन्ने होला। ३ करोड नेपालीमा केहि ५-७ जनामा के त्यस्तो विलक्षण चमत्कारी क्षमता छ र पटक पटक महत्वपूर्ण पोस्टमा नियुक्ति गर्नु पर्ने ? भन्ने प्रश्न पनि होला ।

अलौकिक प्रतिभा र क्षमता नै नभएर आजीवन पदारोहण गरिएको हो भने ति महामानाबले घिसिङले जस्तै लोकप्रिय अर्थात लोकले सम्झिने, प्रसंसा गर्ने के के काम गरे ? भन्ने प्रश्न पनि होला ।

त्यसैले घिसिङ फेरी पनि पुनर्नियुक्ति हुन् भन्नु उनलाई देबत्वकरण गरिएको होइन, बरु घिसिङ संग भएका जस्ता गुण र कार्य सम्पादन क्षमता, नेतृत्वको नाता नपर्ने वा चाकरी नगर्ने र ओरिपरि घेरा हाली नरहने, घेरा भन्दा अलिक टाढाका अरु धेरै संग पनि हुन सक्छ, त्यसको खोजि होस र घिसिङको ठाउमा सके उनि भन्दा राम्रो नत्र उनि भन्दा कमजोर ब्याक्ति नल्याइयोस भन्ने सुझाव हो भनेर लीनु राम्रो होला ।

बिगतमा हुने गरेको ब्याक्तिगत स्वार्थ लोभ लाभ र प्रलोभनमा परेर फेरी पनि क्षमतालाइ नजर अन्दाज गरि नाता सम्बन्ध, चाकरी चापलुसी र गुट उपगुट झुण्ड उपझुण्डको खोजि भन्दा साच्चैको क्षमता, योग्यता र सिर्जनाशक्ति भएको आर्थिक अनुसासनमा बाधिएको, लिटरेचर रिभ्यु राम्रो भएको ब्याक्तिलाइ हरेक उच्च पदमा चयन गरियोस भन्ने चेतावनी सहितको सकारात्मक सुझाव हो भन्ने किसिमले लिदा बान्छनीय होला ।

डा. राजेन्द्र चापागाईं आहात
राजनीति विश्लेषक

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख