७ मंसिर २०७८, मंगलबार

एके-47 राइफलको बारेमा ११ रोचक तथ्य

काठमाण्डौँ । आज हामी दुनियाको सवैभन्दा खतरनाक हतियार AK-47 हतियारको बारेमा तपाइहरुलाई जानकारी दिदैँ छौ ।

यस्ता छन् AK-47 का १० रोचक तथ्यहरुः

१. AK-47 को Full Form – Automatic Kalashnikov-47 हो । यसमा 47 को मतलब १९४७ मा बनेको थियो । यसको नाम यसको फाउण्डर Mikhail Kalashnikov को नाममा राखिएको थियो ।

२. दोश्रो विश्व युद्धको दौरान, एक ट्याङ्कका कमाण्डर Mikhail Kalashnikov को जिम्मामा चोट लागेपश्चात अस्पताल भर्ना भएका थिए । त्यहा उनीसँग सेवियत राइफल्सको बारेमा शिकायत गर्ने घायल सैनिकहरुको बारेमा सुने र उनले बदला लिने फैसला गरे र हतियार बनाउनमा आफ्नो करियर शुरु गरे । उनले सन् १९४२ देखि १९४७ सम्म ५ वर्षको कडा मेहनत पछि एक राइफल तयार गरे, जुन AK-47 राइफल हो ।

३. पहिलो पटक सन् १९४७ मा AK-47 राइफल बनेको थियो । यो राइफल सन् १९४९ पछि आजसम्म सेवियत र रुसी सेनाको स्ट्याण्डर्ड हतियार बन्दै आएको छ । त्यस बेला निर्मातासँग Stalin prize र Red Star को अर्डर आएको थियो ।

४. अफगानिस्तान देखि जिम्बाबेसम्म तथा दुनियाको १०६ देशका सैनिकहरु तथा स्पेशल फोर्सहरुले आज यस AK-47 राइफल प्रयोग गर्छन ।

५. AK-47 राइफल एक यस्तो हतियार हो जुन जस्तो सुकै वातावरण (मौसम) मा पनि प्रयोग गर्न सकिन्छ ।

६. यो राइफल दुनियाको यस्तो हितयार हो जुन बच्चाले पनि सजिलै चलाउन सक्छ । यसकारण तपाइहरुले कहि कतै बच्चाले प्रयोग गरिरहेको तस्विर देख्नुभएको होला ।

७. AK-47 दुनियामा सवैभन्दा बढी अवैध रुपमा बेचिने हतियार हो ।

८. एक AK-47 राइफलको लाइफ ६००० देखि १५००० राउण्ड सम्म हुन्छ । यस राइफलको एक म्याग्जिनमा ३० राउण्ड हुन्छ ।

९. आधुनिक AK-47 राइफलमा ग्रिनेड लञ्चर पनि जोड्न सकिन्छ ।

१०. AK-47 ले ३०० मिटरको दुरीसम्म सटिक निशाना लगाउन सकिन्छ । यदि शुटर तालिमप्राप्त छ भने ८०० मिटरसम्म लक्ष्य हासिल गर्न सक्छ ।

११. सद्दा हसेनको एक Gold को AK-47 गिफ्ट मिलेको थियो । जुन सन् 2003 मा इराकमा भएको आक्रमणमा अमेरिकी सेनाद्वारा बरामद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख