२२ श्रावण २०७९, आइतबार

बाडुल्की किन लाग्छ ? यस्तो छ बाडुल्की रोक्ने तरीकाहरु

काठमाण्डौँ । कोइ आफ्नाले सम्झिए भने बाडुल्की लाग्छ भन्ने जनविश्वास रहेको छ। तर यसको कारण भने अर्कै छ । बाडुल्की केही समय लाग्छ र आफैँ ठिक हुन्छ ।

अचानक हुने मौसम परिवर्तन, गर्मीपछि केही चिसो खाने, चुरोट तान्ने, धेरै चिन्ता गर्ने जस्ता कारणले गर्दा बाडुल्की लाग्दछ ।

जब बाडुल्की लाग्छ, केही समय त यसले अत्यासलाग्दो अवस्था बनाइदिन्छ। बाडुल्कीले कहिलेकाही यसरी अत्याउँदा हामी त्यसलाई सजिलोसँग रोक्न सक्छौँ ।

बाडुल्की रोक्ने तरीकाहरु

• बाडुल्की लागिरहेका बेलामा एक गिलास चिसो पानी पिउँदा बाडुल्की रोकिने गर्छ ।

• त्यस्तै एक चम्चा मह खाँदापनि बाडुल्की रोकिन्छ । बाडुल्की लाग्ने बेलामा एक चमचा मह खाँदा फाइदा हुन्छ ।

• समयका लागि सास रोक्दा पनि बाडुल्की रोकिने सम्भावना हुन्छ । यो धेरै नै पुरानो उपाय पनि हो । बाडुल्की रोक्न यसले सहयोग गर्छ ।

• त्यस्तै गर्धनमा आइस ब्याग राख्दा या भिजेको कपडा भिजाउँदा पनि बाडुल्की रोक्न मद्दत पुग्छ।

• अमिलो/ खट्टो स्वादको खानेकुरा खानाले बाडुल्की रोक्न निकै मद्दत गर्छ ।

• पानीमा थोरै नून मिलाएर एक वा दुई घुट्कि पिउनाले बाडुल्की लाग्ने समस्याबाट तुरुन्त आराम मिल्छ ।

• एक चम्मच चीनीको सेवन पनि बाडुल्की रोक्नको लागि अचूक उपाय मानिन्छ ।

• दुई वा तीन कालो मरिजको दानामा थोरै मिश्री मिलाई चपाएर रस लिइ बाडुल्की रोक्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख