२ भाद्र २०७९, बिहीबार

सानो

सानो
तिमि ले बनायो अचानो
चाेट सहने अचानो को
भक्कानो कसरी सुनाउ म तिमि लाई
तर सुन आज
तिमिले दियको कपडा मैले
तिम्रो लागि कोट बनाए
बदलामा तिमीले मलाई यो समाजको
सानोको खोट लगाइ चाेट दियौ
मैले बगाएको पसिनाले तिम्रो
घरको छानो मुनि उभिएकै दिन
मैलाइ सानो बनाएर आफू लाई ठुलो को
उद्घघोष गरेउ
म सानो ले बनायको तिम्रो घरको
शिर जति अग्लिदै गयो
त्यति मेरो आयु पग्लिदै गयो
तिमिले दुई चार कविताका स्वलोक पढेर
लामा छाेटा कविता कोर्यौ
मैले आफ्नो भाग्य र भबिस्य झाेलामा बोकेर
भविष्यको भोकले भौतारिदै बिद्यालय र घरको
दुरि नै संसार बानाउने को भाग्य कोरेको छु ।
कविता कोर्नु र भाग्य कोर्नु फरक कुरा हो
म कर्म लाई ठुलो ठान्छु ।
खल्तीमा असमान्ताको आगो फुक्दै
मुखमा समान्ता को स्वास फेर्ने
ठुलाहरुका लुला भाषण देखि म थकित छु
म समाजको भाग्य कोर्ने मान्छे
तिमी कविता कोर्ने मान्छे
कविता कोरे जस्तो हुदैन भाग्य कोर्न
म भित्र पबित्र छ भनी मन्दिर को मुर्ति पुज्ने
कहिल्यै चेष्टा गर्यौ बुझ्ने
त्यो कस्को पसिना को पानी ले
पुजियको छ भनेर
समाजमा सानो ठुलो बिच बिभाजित गरेझै
के आफ्नो बाआमाको कम्मर माथी तिर र
तलतिरको भाग नेपाल र भारत को सिमा
छुट्टयाय जस्तै छुट्टाउन सक्छौ
सामाजिक शिक्षा पढाउने गुरुले आफ्नो
इच्छा पढाउनु भो तर समाज कहिल्यै
पढाउनु भएन
यो समाज को माजमा अझै पनि
विकृति र विसङगति को कालो कर्तुत को जालो
ले हाम्रो मगज नै धमिलो बनायको छ ।
यहि समाजको सबै मानिसको
मगजको माझाे लगाउनु
युगको चाहाना र समयको आबस्यक
माग हो
आउ समान्ताको साइनो गासी,
काधमा आसुको बाध नबनाइ
ल्याउन नब युगको सुनौलो बिहान
बनाउ रुढीबादी चिन्तनको यकै चिहान
अक्सर सबै साना कुरा,चिज र बस्तु
कहिल्यै साना हुदैनन
विश्व ध्वस्त पार्ने परमाणु का अणु
पनि त सानै हुन्छन
बाआमाका ती अति सुक्ष्म स्पर्म र ओभम
ले नै हामी लाई ठुलो बनायको हो
त्यही सानै प्वाल ले नै सिङ्गो पानी जहाज
पानी मा डुब्छ
बहुमुल्य धातु हिरा,मणि र मोती का
दाना पनि त सानै हुन्छन
विशाल श्रीष्टीलाई दृष्टि दिई
सुन्दरता देख्ने आँखा को नानी
पनि त सानै हुन्छ
मुटु को धमनी पनि त सानै हुन्छ
सबै साना कुरा,चिज र बस्तु
कहिल्यै साना हुदैनन।

प्रदिप साने

नुवाकोट जुम्ला

हाल किर्तिपुर

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख