४ भाद्र २०७९, शनिबार

सेल्फ क्वारेन्टिनमा को बस्ने ? यसरी बढाउन सकिन्छ आत्मबल !

काठमाण्डौ । विश्वभरमा आंतक मच्चाइरहेको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिएको छ। यही जोखिमलाई मध्यनजर गर्दै सरकारले जनतालाई आंतकित नबन्न तर सुरक्षित हुन घरबाट बाहिर ननिस्कन, सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ । संक्रमणको शङ्का भएको तर, स्वस्थ व्यक्तिले स्वयंलाई अन्य व्यक्तिबाट अलग राखेर संक्रमण फैलिने सम्भावना न्यूनीकरण र रोगको सहज पहिचान गर्ने व्यक्तिगत पहल नै सेल्फ क्वारेन्टाइन हो ।

कोही मानिस कोरोना प्रभावित देशबाट आएको छ तर उसलाई संक्रमणको कुनै पनि लक्षण देखिएको छैन भनेपनि पछि गएर लक्षण देखिन सक्छ। त्यस्तो समयमा त्यस व्यक्तिले १४ दिनसम्म घर वा बेग्लै बस्नुपर्छ। अन्य व्यक्तिको सम्पर्कमा आउनु हुँदैन। यस्तो अवस्था अरुको सम्पर्कमा नआउने, भीडभाडमा नजाने, सार्वजनिक यायायात प्रयोग नगर्ने, संक्रमणबाट जोगिन हात धुने, ज्वरो रुघाखोकीबाट बच्ने, लागेका व्यक्तिको नजिक नजाने गर्नुपर्छ।

को बस्ने ?

१. वैदेशिक यात्रा गरेर नेपाल फर्किएका व्यक्ति।

२. कोरोना भाइरसबाट संक्रमित व्यक्तिको नजिक भएकाले पछिल्लो सम्पर्क भएको मितिले १४ दिन ।

३. कोरोना भाइरसको संक्रमितसँग नजिकिएको शङ्का लागेका व्यक्ति ।

४. चीन, इरान, दक्षिण कोरिया, इटाली, युएई, जापान जस्ता अत्यन्तै जोखिमयुक्त देश हुँदै नेपाल आएका व्यक्ति ।

५. आशङ्का गरिएका व्यक्तिलाई संक्रमणका लक्षण देखा परे प्रत्यक्ष सम्पर्कमा आएका र बिरामीको हेरचाह गर्ने पनि क्वारेन्टाइनमा बस्नुपर्छ ।

सेल्फ क्वारेन्टमा बस्दा के के गर्ने :

• पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्ने यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसंग कम्तिमा १ मिटर दूरी राख्ने।

• छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेर यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफैं सफा राख्ने

• आफु बस्ने कोठा आफैं सफा गर्ने

• घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू आवात जावतलाई सीमित गर्ने।

• स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर नजाने

• नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २० सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहल युक्त हेन्ड सेनिटाइजर प्रयोग गर्ने। म हात नधोइ मेरा आँखा, नाक र मुख नछुने।

• मैले प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भाडा, तौलीया र रुमाल, ओछयान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसंग साझा प्रयोग नगर्ने।

• अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क नगर्ने

• अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दूरी राख्ने र अनिवार्य रुपमा माक्स लगाउने।

• खोक्दा वा हाच्छिउँ गर्दा मुख र नाकलाई टिस्यु, रुमाल वा कुहिनाले छोप्ने।

• आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्ने।

• घरपालुवा पशुपक्षीबाट टाढा बस्ने

• जथाभावी नथुक्ने, सिंगान नफाल्ने,

• धेरै जना एकै ठाउँमा क्वारेन्टाइनमा बस्नु परे खुला, धेरै कोठा भएको, हावा आवतजावत हुने ठाउँको प्रयोग गर्ने ।

• स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्ने।

• क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्ने र दिईएको फाराममा रेकर्ड गर्ने। निर्देशन अनुसार १४ दिनसम्म दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिने।

• पूर्व अनुमति बिना स्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा नगर्न।

आत्मबल बढाउने तरिका:

• क्वारेन्टाइनमा बसेपनी परिवारका सदस्यसँग निरन्तर कुराकानी गर्नुपर्दछ।

• आधिकारिक सञ्चारमाध्यमबाट प्राप्त भएका समाचारहरु मात्रै पड्नुपर्दछ। सामाजिक सञ्जालमा आउने कतिपय भ्रामक समाचार नपढ्ने ।

• परिवारका कम उमेरका सदस्यलाई सम्भावित संक्रमण विरुद्ध हौसला प्रदान गर्ने ।

• साथीभाइ, नातागोतासँग निरन्तर फोन तथा मेसेजमा कुरा गरिरहने ।

• योग, ध्यान, कसरत दैनिक गर्ने ।

सेल्फ क्वारेन्टाइनको १४ दिनसम्म कुनै लक्षण नदेखिए पुरानो दैनिकीमा फर्कन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख