२४ श्रावण २०७९, मंगलबार

कविता : ‘कोरोना’

सारा संसार खलबल भयो आज शासन यहाँ एउटैले चलायो
औषधि उपचार तन्त्र मन्त्र छैन केही आहारा कोरोनाले बनायो

जनको सुन्दर तनमा मात्रै बृहत ठाउ यसले कसरी पायो
माउ छुटेको चल्लासरी सुटुक्क यो आज कहाँबाट आयो

धेर थोर गरेर नै सारामुलुकभरी असान्ती यसले मच्चायो
यमराजकै यज्ञ पात्र रहेछ एकै रातमा हजार काध पायो

कोहि मलिन मुखलाइ आनन्दले बसिरहेछन आज घरभित्र
कोहि घर नै नपाइ बाटोमा रुदै जपिरहेछन इस्वर मनभित्र

भुकम्पले जर्जरायका घरसरी ढल्दैछन आज यहाँ मानिस
मापन नै गर्न नसकिने विष भयो को सङ्ग पोख्छन् मनको रिस

बिधाताका सारा अघट घटनाहरू सम्झेर मनमा
मेरो पनि हो यो भुमी भन्दै आयो कोरोना संसार वनमा

मनुजलाइ सैय्या बनाइ गर्दैछ आज यो आनन्दले सयन
कोहि मास्क लगाइ हिदिरहेछन त कोहि स्वर्ग पुगे चिम्लेर नयन

चान्नेसुन्ने चतुर भैकन मानिस बन्दैछ आज किन बिचरा
आफू मर्दैछन डाक्टरहरु तर मार्न सकेनन सानो किरा

दयालु भइकन कोरोना मिलिजुली बसेकोछ सब बान्धवशीत
मित्रको मन नै नबुझी घन्काइरहेछ एकोहोरो आफ्नै गित

उघारी आज द्दार पोख्यो सारा जगतमा रिस मनको
प्रेमगरी स्वर्गकोद्दार खोल्यो श्रेष्ठ मित्र बनी जनको

न त बस्छन् सभा गोष्ठीहरु न त मिल्छन आज यहाँ हात
यो त अचम्म नै भयो पतिले पत्नी छोडि सक्यो पलङ्गबाट नै रात

कोहि थन्काइरहेछन घरभरी रासन त कोहि चलाइरहेछन शासन
कागज किन्न पनि काध काटनु पर्ने भयो कोले दिन्छ यो सङ्कटमा ऋण

यो जीवन पैचो दे कोरोना बाचेमा म पछि आएर तिरुला
दयाधारी देवता ठानि सकल मै तरो विन्ती गरुला

टेकराज ओझा,
डोटी

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख