१९ श्रावण २०७९, बिहीबार

कविता – ‘प्यास’

उसको प्यास कसैलाइ उपहास बनीरहेछ
एका देशमा ! ओभानो छैनन उसका परेलीहरू
छोडेको छैन पसिनाको गन्धले उसलाइ
सुकेका छैनन भिजेका उसका कपडाहरू
उ दुधले तृष्णा मेटाउने प्रयत्न गर्छ
र सम्झीन्छ उसकी आमालाई
अनि चुम्छ पुरानो एल्बममा
सजियको आमाको तस्वीर
र पनि मेटीएन उसको प्यास !

भर्खर बिहे गरेर पलायन भएको उ
पर्सको एक कुनाबाट झीक्छ
उसको सानुको फोटो र टाँस्छ छातीमा
स्पर्श गर्छ ओठमा एक टकले हेर्छ आखाँमा
र मुस्कुराउँछ उसको प्रेम प्यास मेट्नलाइ
र पनि उ प्यासी कहलीन्छ ।

वच्पनमा दुःख गरेर हुर्केको उ
जीम्मेवारीको प्यास मेटाउन हिडेपछी
कुञ्ज-कुञ्जमा बज्ने सारङ्गी र बासुरीका
धुनहरूको प्यास गीतार र पियानोको धुनमा
मेटाउन खोज्छ डेउडा, ठाडीभाका,
सालैजो, असारे गीतको मिठास
र्याप र पपमा खोज्छ
घाटु, मारूनी,स्याब्रु,च्याब्रुङ उ सपनामा नाच्छ
र बजाउन खोज्छ डम्फू र मादल
र पनि मेटियन उसको प्यास

फ्रिजको पानी, ए सी को हावामा
सेती, काली गण्डकीको पानि र
चुरेपर्वतको सिरसिरे हावालाइ खोज्छ
बरालीन्छ उ
र उसको प्यास मेटाउन
खसाल्छन उसका आँखाहरूले
दुइथोपा आँसु
विचरा! उ सगरमाथाको देशको नागरीक हो।

यस्तै तमामौ प्यासीहरूका
तमाम प्यासहरू विच
एक छुट्टै प्यास छ म संग
यो देशमा एक अर्को बुद्ध देख्ने ।

खेम राज रौतेडा,
आदर्श – ०३, डोटी, हाल काठमाण्डौ

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख