४ भाद्र २०७९, शनिबार

असफल छुवाछुतविरुद्धको आन्दोलन, दलित शब्दले निम्त्याउने समस्या र छुवाछुतका वास्तविक समस्या

आज धेरै दिनको अध्ययन, छलफल र बसाई पछि मेरो मानस पटलले फेरी एउटा लेख लेख्ने जमरको गरेको छु । यो भन्दा पहिला मैले दुईवटा लेख लेखेको छु । जस्मा एउटा युवाको मानसपटलमा प्रत्यक्ष घटनाहरुले उब्जाएका विभिन्न सवाल र अध्ययनहरुका बारेमा थिए । जब त्यो लेखको प्रतिक्रीयाहरु आए त्यसपछि मैले फेरि मेरो अध्ययन लाई निरन्तरता दिए जस्मा धर्म, संस्कृति, समाज, विश्व राजनिति र केहि विशिष्ठ व्यक्तिहरु थिए । आज मैले यो लेखमा केबल एउटा युवाको आक्रोश नभएर विद्ययमान रहेको समस्त छुवाछुत को बारेमा र त्यसको लागि गरिएको संघर्ष सहिकि गलत लागएत हाम्रो समाजमा विद्ययमान छुवाछुतो जडलाई प्रस्ट्याउने कोशिस गरेको छु । यो मेरो लेख कत्तिको याथार्थ र निर्णायक हुनेछ यस्को बारेमा निर्णय लिने अधिकार पाठक वर्गमा छोडदै छु ।

यो लेख लेख्दै गर्दा अहिलेका मनुवादी र दलितवादी हरुले मलाई पूर्ण रुपमा गलत भन्नेछन् । तर एउटा कुरा समाज परिवर्तनको लागि मेरो यो पहिलो कदम हुनेछ ।

आज यस लेखमा छुवाछुत विरुद्धको लडाई असफल किन ? दलित शब्दले निम्त्याउने समस्याहरु र छुवाछुतका वास्तविक समस्याहरु को बारेमा केहि प्रकाश पार्न गईरहेको छु । यो कतिसम्म सहि तर्क हुनेछ त्यसको बारेमा निर्णय गर्ने अधिकार पाठकवर्गमा राख्दछु ।

छुवाछुत विरुद्धको लडाई असफल किन ?

सर्वप्रथम कुरा गरौं छुवाछुत विरुद्धको लडाई असफल किन ? कुनै पनि समाज मान्दै आएका धर्म, कुधर्म, साँस्कृति, कुसँस्कृति, रितिरिवाज, कुरिति, चालचलन, कुचलन, शिक्षा इत्यादिले शुसन्चीत हुन्छ । यि कुराहरुमा खलल पु¥याएमा त्याहाँ विद्रोह निश्चित छ । र विद्रोहले जहिले पनि समाजको रुपरेखा परिवर्तन गरेको कुरा हामिलाई सर्वविविधै छ ।

२१ शताब्दीको युग सम्म आई पुग्दा समाजले आफ्नो रुपरेखा परिवर्तन गर्दै आइरहेको छ । तर पनि हाम्रो विश्व समाजमा केहि कुरिति, कुधर्म, कुसँस्कृतिहरुले आफ्नो जरा गाडेर बसेको छ । यि विभिद कुसँस्कृति, कुशस्कार मध्ये एक हो छुवाछुत । जस्को बारेमा आज हामी कुरा गर्न गैरहेका छौं । यो कुप्रथाको जन्म कसरी भयो ? कस्ले ग¥यो ? को हुन् यस्का जन्मदाता ? आउनुहोस् बहस गरम ।

हाम्रो देशको समाज सनातन धर्मका मनुवादी हिन्दुहरुले निमार्ण गरेको समाज हो । जहाँ सनातन धर्म का वेद, उपनिषदहरुलाई उल्टो व्याख्या गरेर, त्यसलाई तोडमोड गरेर मनुवादी हिन्दुहरुले समाजमा हिन्दुधर्म लादेका छन् । त्यसमा पनि सनातन धर्मको वेदमा उल्लेख भएको ब्रह्माको ४ अंगको व्याख्यालाई उल्टो अर्थ लाएर वा नजानि त्यसलाई मनुले स्मृतिका प्रत्यके इतिहासमा रामायण, माहाभारत, स्वास्तानि इत्यादिमा जात व्यवस्थामा लादे । त्यसलाई कथित व्राह्मणहरुले हिन्दु व्यवस्थामा परिणत गरे र समाजलाई जात व्यवस्थामा लगेर ४ ओटा वर्ग निर्माण गरे ।

जस्मा व्राह्मण, क्षेत्री, वैश्य र शुद्र रहेका छन् । जस्ले समाजमा सर्वश्रेष्ठ व्राह्मण, त्यस पछिका श्रेष्ठ क्षेत्री र वैश्य लाई उनिहरु पछिका भनिए । तर शुद्रलाई समाजको मानिस मा त के जनावरमा पनि गनिएन । गाईको गोबर लाई गणेष भगावन मान्ने हरुले शुद्रलाई गाईको गोबर सम्मको पनि मानेन् । कुकुर को पुजा गर्ने हरुले शुद्रलाई कुकुर सम्मको पनि इज्जत दिएनन् । हामी यस्तो समाजका मानिस हौं ।

मैले योकुरा गरिरहनु पर्ने आवश्यकता त होइन तर यो कुरा हामिहरुले विर्सिसकेका छौं । किन भने हामि स्वयंम कुकुरको पुजा गर्छौ, गाईको गोबरलाई गणेष भगवान मानिरहेका छौं । ल भन्नु हामि एकातिर स्वयंम यस्लाई स्वीकार गर्दैछौं र अर्कोतिर यस्का विरुद्ध लडाई पनि गर्दै छौं । कसरी हामि सफल हुन्छौं ?

हाम्रो अग्रजहरुलाई यो थाहा छैनकि हाम्रो लडाई को सँग हो भनेर । किन भने जुन हिन्दु समाजमा हामि सँर्घष गर्दै छौं त्याहाँ न प्रचड, न केपि, न शेरबादुर, न नरेन्द्र मोदी, न पुटिन, न सि जिङ, न अन्य कुनैले यो व्यवस्था लागदेको हो । यो त मनुवादी हिन्दुहरुले लादेको हो । जुन कुरालाई हामी एउटा कुनामा राखेर दलित आन्दोलन भनेर त्यहि कथित व्राह्मण, क्षेत्रीहरु सँग भिख माग्दै छौं । उनिहरुले केहि कोटा र आरक्षण भिख दिन्छन र हामी चुप हुन्छौं । यहि सिलसिला चलेको थियो, चल्छ र चलिरहनेछ । यिद यहि असफल दलित आन्दोलन लाई अघिबढाउने हो भने । र हामि पटक पटक असफल भैरहने छौं ।

दलित शब्दले निम्त्याउने समस्याहरु ।

अब कुरा गरौं दलित शब्दले निम्त्याउने समस्याहरुको बारेमा । यो शब्दको बारेमा कुरा गरिरहँदा दलित आन्दोलन का अगुवाहरु, अर्धशिक्षित छुवाछुत पिडित युवाहरु र भारतका दलित आन्दोलनका अगुवाहरु र युवाहरुले पक्कैपनि मलाई उपशब्द दिनेछन् । तर मलाई यस्मा कुनै आपत्ति छैन । किन भने लाखौ जनाले गलतलाई सहि भन्दैमा म त्यसलाई सहर्स स्वीकार गर्दिन किनकी म माक्स, लेनिन,माओको शिष्य हुँ ।

सर्वप्रथम हामिलाई समाजले मानिष बाट शुद्र बानायो र आफ्नो छुवाछुतको जग बसायो । यस्लाई मलजल कथित व्राह्मण हरुले गरे । समाज सुधारकहरुले पनि अवाज नउठाएको होइन तर उनिहरु मनुवादी हिन्दुहरुको विरुद्ध बोल्ने हिम्मत राखेनन् । त्यस पछि हामिलाई शुद्र भन्दा पनि कामको आधारमा बनाएको जात व्यवस्थाका शिकार भयौं । त्याहाँ शुद्र भन्दा पनि कामी, दमाई, मेचे, मुसहर, पारियार आदि इत्यादी थरका आधारमा छुवाछुतको नायाँ जग बस्यो । जस्ले मनुवादी हिन्दुहरुलाई सहजै सँग समाजमा छुवाछुतलाई मौलाउ दिने मौका मिल्यो ।

अहिले हाम्रो समाजमा छुवाछुतको नयाँ प्रवृति आएको छ । जुन हो दलित । अहिले विस्तारै मानिसहरुको मानसपटलमा दलित शब्द भन्ने वित्तीकै कामि, दमाई, मेचे, मुसहर, परियार, नेपाली आदि आउथालिसकेको छ । नयाँ पिडीका युवाहरुले दलित शब्दलाई कथित तल्लो जातका मानिस भनेर आफ्नो मनोविज्ञान बनाईसकेका छन् । त्यसलाई समर्थन हामिहरु नै गर्दैछौं । विभिन्न दलित संघ संगठन, प्रत्येक पार्टी भित्र दलित संगठन आदि कानुनिरुपमै दर्ता गराएर । पटक पटक दलित शब्द प्रयोग गरेर समाजमा आफै नयाँ वर्ग स्थापना गर्दै छन् । यो जात व्यवस्था भन्दा पनि तल गएर वर्ग व्यवस्थामा जादै छ । जस्को कारणले हामि अझै एक हजार वर्ष पछि धकेलि सक्यौं । अब को समाजमा छुवाछुतको नयाँ रुप दलित भनेर लिइसकेको छ जुन कानुनि र संवैधानिकरुपमै घोषणा गरि सकेका छन् ।

छुवाछुतका वास्तविक समस्याहरु ।

छुवाछुतका वास्तविक समस्याहरुको बारेमा चर्चा गरिरहँदा मैले दुई वटा धार बाट कुरा गर्नु पर्ने हुन्छ । एउटा धार्मिक र अर्को हाम्रो समाजिक । हाम्रो प्रमुख समस्या छुवाछुत मनुवादी हिन्दुहरुले जन्माएको हो । उनिहरुको वर्णव्यवस्था र जातव्यवस्था लाई समाजमा जबरजस्ती लादेर आज हामी यो अवस्थामा छौं ।

अब कुरा गरौं मैले औलाएका समस्याहरु……… (यो मेरो जिवनको भोगाई र अध्ययनबाट प्राप्तकुराहरु हुन्)

प्रथम नागरिकता

कुनैपनि देशमा नागरिकता एउटा संघिन मामिलाहुन्छ । हाम्रो समाजमा पनि छ नागरिकता कै लागि मधेसमा पटक पटक मानिस मरिरहेका छन् । तर मेरो यस्मा फरक मत छ । नागरिकता मा जुन नामको पछाडि शब्द राखिन्छ त्यस्ले तापाईको सवैकुरा को फैसला गर्छ । तपाई कत्तिको काबिल हुनुहुन्छ, कत्तिको सक्षम हुनुहुन्छ त्यस्ले केहि फरक पर्दैन । फरक परछ त्यो नागरिकताको पछाडि राखिएको शब्द (थर) । त्यस्ले निधारण गर्छ तपाई कहाँ सम्म पुग्ने भन्ने कुराको ।

यसो भनिरहदा आश्चर्य लाग्छ होला । तपाई यसरि बुझनुहोस् । तपाईको नागरिकता बनाउने तरिका छ त्यो मनुवादी हिन्दुहरुको आधारमा तए भएको कुरा हो । ताकि मानिसलाई छुट्उन सकियोस् कि को व्राह्मण हो, को नछुने जात हो भनेर । न भए किन नागरिकता को नामको पछाडि जे पनि राख्न दिन्न ? यस्लाई बढावा दिन शिक्षा जुन मानिसको जिवनाको प्रमुख अंग हो त्याहाँ किन लेखिन्छ दिपेश दमाई भनेर ? किन लेखिदैन दिपेश नेपाल भनेर ? किन लेखिदैन दिपेश भनेर ? नाम को पछाडी थर झुड्याउनै पर्ने हो । यो हाम्रो वाध्यता हो कि मान्यता हो ? यो पद्धतिलाई सच्याउनै नमिल्ने हो र ?

तपाई कति नवराज विकहरुको लागि लड्नुहुन्छ ? कति सम्भु सदाहरुका लागी लड्नुहुन्छ ? यो मनुवादी हिन्दुहरुको समाजको नागरीकताले लाखौं करौडौं नवराज विक, सम्भु सदाहरु जन्माउँछ । किन यो कुराको विरुद्ध अवाज उठाउनु हुन् ? किन यसलाई आखाँ चिम्लेर स्विकार गर्नुहुन्छ ।

लाखौं मानिस जन्मिन्छन् र तिनिहरुलाई के थाहा उनिहरु के हुन् व्राह्मण क्षेत्री वैश्य शुद्र भनेर त्यसलाई नागरिकताले व्राह्मण क्षेत्री वैश्य शुद्र भनेर किन प्रमाणित गराउँछौं ।

आज जति पनि युवाहरु छन् ति मध्ये छुवाछुत पिडित ६० प्रशित युवाहरु यहि कुरा लुकाएर बस्छन्, हिड्छन् कि कसैले मेरो नागरिकता नदेखोस् । मेरो थर थाहा नपाउस । किन यो सिर्जना गर्नु भएको ? यस्लाई हटाउन नमिल्ने हो ? यो नागरिकता मा किन थर राख्नु भयो ? किन जात व्यवस्था लाई वढावा दिनुहुन्छ ? एकता तिर आन्दोलन गर्ने अर्को तिर त्यहि मनुवादी हिन्दुहरुले लादेको व्यवस्थालाई स्वीकार गर्ने । अनि कसरी परिवर्तन हुन्छ ? यसरी परिवर्तन हुने हो ? मर्न तयार, मार्न तयार तर मनुवादी हिन्दु व्यवस्था त्याग्न तयार नहुने वाहा ! गजब को आन्दोलन । अनि त्यस्लाई पछयाउने युवाहरु ।

दोस्रो संगठन

हाम्रो समाजमा पहिले र अहिले विभिन्न समाज परिवर्तनका रुपरेखा हरु देखिए सुनिए । तर खोइत त हाम्रो उपस्थिति ? कालापनि युद्धमा केवल वलभद्र कुवरले युद्ध गरेका हुन ? जस्को श्रेय केवल कुवर हरुले पाउनलाई ? १० वर्षे जनयुद्धमा केवल व्राह्मण क्षेत्री हरु मात्रै युद्ध गरेका हुन् ? खोईत हाम्रो उपस्थिति ?

यस्को प्रमुख कारण हो हाम्रो संगठन हरुमा निर्णायक पदहरुमा जान नस्कनु । किन भने हामि मनुवादी हिन्दुहरुको समाजमा छौ । जाहा न हिजो न आज निर्णायक ठाउँमा जान दिइएको छ । जति पनि संगठनहरुमा हाम्रो उपस्थिति छ त्याहाँ केवल सदस्य अलि माथि गए पनि निर्णयक पदमा जानदिइदैन । तर हामिले यस्को सामाधान खोज्नु पर्छ । प्रत्येक संघ, संघठनमा ४० प्रतिशत कोटा होइन २ ओटा ठाउँ दिए पुग्छ तर त्यो ठाउँ निर्णायक ठाउँ हुनुप¥यो ।

अनि हेरौं कसरि हेप्छन् ? के भनेर हेप्छन् ? तर यहाँ केवल हिजोका दिनमा भिक मागेको जसरी भिक मागेर हिड्छन् । र केहि माथिल्लो पद पाए भने खुशि भएर के के न पाएको जस्तो गर्छन् । हामिलाई प्रत्यक संघ, संघठन, पार्टिको मुख्य निर्णाक पद को जिम्मेवारी दिनु पर्छ र हामिले त्यसको लागि बरु लड्न र मर्न तयार हुनेहो । कुनै पनि निर्णायक पदमा जानको लागि हामि डराउँछौं । त्यसको लागि लड्ने हिम्मत राख्दैनौं । अनि सडकमा आएर मैले दलित आन्दोलन गरे, मैले दलितको आवाज उठाए भनेर के हुन्छ । निर्णय गर्ने अधिकार त्यहि मनुवादी हिन्दुलाई दिएपछि । उस्ले तपाईको पक्षमा निर्णय गर्छ ?

संगठन सँग जोडिएको ठुलो क्षेत्र हो आर्थिक । यो ठाउँमा पुगन त हामिले मनुवादी हरुले माहा यज्ञ भनेको जस्तो गर्नु पर्ने अवस्था छ । नेपालको समाजमा रहेका आर्थिक हरेका क्षेत्रमा हाम्रो पहुँच छदै छैन भन्दा पनि हुन्छ । किन भने हामि छुवाछुत पिडित हरुले एकता के हो, संगठन के हो, त्यो त थाहै छैन । हिजोका दिनमा हाम्रा पुर्खाले यिनिहरुकै पैताला मुनि भिख मागेर बाचेका मान्छेका त सन्तान हौं हामि अनि कसरि थाहा हुन्छ एकता भनेको, कसरि थाहा हुन्छ संगठन भनेको । बरु दलित संगठन अहिले टोल टोलमा, घर घरमा, गल्ली गल्लीमा छन् ।

समाजमा आउने विभिन्न विकास निर्माणका कामहरु, विभिन्न आयोजनाहरु लगायत अन्य विविध आर्थिक क्षेत्रमा हाम्रो पहुँच एकदम न्युन छ । त्यस्लाई सुधार गर्नका लागि हामिहरु अगाडी आउन जरुरी छ । तर हामि डराउँछौं । के गर्ने, कसरी गर्ने, कहाँ गर्ने, के पो हुनेहो लागाएत यावत प्रशनहरुले आफैलाई घेरछौं र डराएर भाग्छौं । बोल्ने ठाउँमा बोल्दैनौं । अनि भन्छौ बोल्न दिएन । तपाईको मुखमा बन्दुक राखेको हुन्छ र नबोल्न लाई ? सडकमा त बोलिन्छ ।

तेस्रो शिक्षा

शिक्षा मानव समुदायको अभिन्न अंग हो । अन्य कुरा बिना मान्छे बाच्छन् बाच्दैन थाहा छैन तर शिक्षा विना मानव समुदाय बाच्न सम्भव नहोला । समय व्रmम अनुसार शिक्षा रुप परिर्वन हुन्छ । तर कार्य एउटै हो मानव समुदायको विकास चाहे राम्रो होस् चाहे नराम्रो । शिक्षाले नै मानिसको जिवनलाई सार्थक बनाउँछ र यसैले नै जिवनको सम्पूर्ण कुराको नेतृत्व गर्छ । शिक्षाले सम्पूर्ण धर्म, साँस्कृति, चालचलन, रितिरिवाज हरुको नेतृत्व गरिरहेको हुन्छ ।

समाज बनाउन र त्यसको विकास गर्न शिक्षाले नै महत्वपूर्ण भूमिका हुन्छ । हाम्रो समाजमा पनि शिक्षाले गर्दा नै आज हामीहरु नेपालको गर्भिलो इतिहास पढ्न र भोग्न पाइरहेका छौं भने त्यो भित्र हामिले भएका कुरिति, कुधर्म पनि भौगदै र पढ्दै आइरहेका छौं । यि दुई ओटै क्षेत्रको नेतृत्व शिक्षाले गरेको छ ।

अब कुरा शिक्षा भित्र छुवाछुत कसरी छ । हिजोका दिनमा शुद्र भनेर शिक्षामा बन्देज थियो । पछि समाजमा कथित तल्लो जात भनिनेहरुलाई शिक्षा त दिइयो तर कस्तो दिइयो भने हरेक शिक्षाका पानाहरुमा जात व्यवस्थाहरुको व्याख्या गरियो । त्यस्तो शिक्षाले झन ति मानिसहरुको मष्तीस्कमा हजारौ वर्ष सम्म नमेटिने दाग लाग्यो ।

मानिसको पहिलो शिक्षा आमा बाट हुन्छ । जुन आमा समाजबाट हेपिएकी छे, जस्लाई त तल्लो जातको होस् भनेर दर्ता गराईएको छ, जुन भगवानले अछुत वनाएको छ त्यहि भगवानलाई आखाँ चिम्लेर स्वीकार गदर्छे त्यो आमाले आफ्नो सन्तानलाई के शिक्षा दिइन होला ? जुन बाउ रातिदिनकाम गरेर सम्मानत परको कुराहो मिठो बचन पाउँदैन, अरु मानिस सँग अन्यायको विरुद्ध बोल्नको सट्टा दासतालाई स्वीकार गर्दछ, आफ्नो हक अधिकार र आत्मसम्मानको लागि लड्न सक्दैन त्यो बाउले आफ्नो सन्तानलाई के शिक्षा दिए होला ?

हाम्रो समाजमा पहिले पनि र अहिले पनि एकातिर छुवाछुत मूक्त घोषणाा भनी संविधान बनाउँछ भने अर्को तिर ति साना नानिबाबु देखि पिएचडि होल्डर सम्मलाई पाण्डव र दुर्योधनको कथालाई स्वीकार्न सिकाउँछ । जुन माहाभारतले जात व्यवस्था र त्यस्ले निम्त्याएको छुवाछुतको नेतृत्व गर्ने सवै भन्दा ठूलो पुस्तक हो । यस्तो माहाज्ञानिहरुको समाजले छुवाछुत गर्दैन भनेर कसरी म मान्नुँ हँ ?
हाम्रो शिक्षाको हरेक पानाहरुमा मनुवादी हिन्दुहरुको नेतृत्व गरेको हुन्छ । जस्लाई लेखक, प्राध्यापक, साहित्यकार, कवि आदिहरुले वर्णन गरेका हुन्छन् । एकातिर इनिहरु समाजमा रहेका यस्ता विकृतिहरुलाई प्रहार गरिरहेका हुन्छन् भने अर्को तिर रामराम उच्चारण गरिहेका हुन्छन् । यस्ता हरुबाट के शिक्षालिने हामिहरुले । त्यस्तो शिक्षाबाट हामि अछुत नभई को हुन्छौं ?

जुन समाजको शिक्षाले सरस्वति विद्याका धनि, ज्ञानको सर्वश्रेष्ठ किताब भगवत गिता, बाइवल, कुरानहरु भन्छ र त्यासलाई सहर्स स्वीकार गर्छन् । यति सम्म कि जस्ले आफ्नो जिवनमा यो धर्म, भगवान, सँस्कृतिहरुलाई लात हानेर हिनेका थिए उहि बुद्धलाई समेत भगवान बनाइदिए । यस्तो समाज जस्ले मान्छेलाई भगवान बनायो भने अछुत बनाउँन के वेर लाग्ला र ? अनि कसरी समाज परिर्वन हुन्छ । र हाम्रो समाजमा छुवाछुत को समस्या समाधान हुन्छ । अहिलेका छुवाछुतका लागि लड्नेहरु पनि कम छैनन् एकतिर सडकमा हाम्रो हक अधिकार चाहियो भनेर लड्छन् भने अर्को तिर यहि शिक्षालाई आखाँ चिम्लेर स्विकार गर्छन् । र अहिलेका अन्धभक्त छुवाछुत पिडित युवाहरु भेडा जस्तै पछि पछि हिनिरहेका हुन्छन् । यिनिहरुलाई कस्ले भनिदिनेहोला यहि शिक्षाले जन्माएको हो छुवाछुत । हामिले यस्तो शिक्षाका विरुद्ध लड्नेहो । नेपालमा यो शिक्षा हटाउने हो भनेर ।

चौथो सम्मान

समाजमा सम्मान शब्दले धेरै ठूलो महत्व राख्छ । मानिस आफ्नो जिवनमा जत्ति दुःख गर्छ उस्ले त्यक्ति नै वा त्यो भन्दा बढी सम्मानको अपेक्षा राखेको हुन्छ । त्यो त्यसको अधिकार पनि हो पाउनु पर्छ । तर विश्वका सबै समाजमा यो लागु हुन गाह्रो छ । त्यसमापनि दक्षिण एसीयाली मुलुक भारत नेपाल भुटानलगाएताका देशमा त असम्भव जस्तै छ भन्नु पर्ला । किन भने मनुवादी हिन्दुहरुले हिजो अस्तीका कुरीति हरुलाई लाखौं वर्ष पुरानो संस्कृति भनेर लादेका छन् । जस्का कारण ले सम्मानलाई पनि विभाजीत गरेकाछन् । त्याहाँ पनि हामी छुवाछुत पिडितहरुलाई सम्मानत बाट बन्चीत गरेका छन् ।

मैले अघि नै भनेनि कुकुर, गाई, काग पुजा गर्नेहरु, गोबर लाई गणेश मान्ने मनुवादी हिन्दुहरुले हामिलाई त्यो कुकुर, गाई, काग त अलि माथि भए त्यसको गोबर सम्मको पनि मान्दैनन् । अनि यि सबै कुरालाई आखाँ चिम्लेर स्वीकार गर्ने हामीहरु कुन सम्मानको अपेक्षा गर्दै छौं होला ? एका तिर सम्मान चाहिने आर्को ति र गोबर पुज्ने हामि हरु अनि कसरी हुन्छ ? अनि यो समाजका मनुवादी हरुसँग हामि काधमा काधमिलाएर गोबर को पुजा गर्छौं । अनि सम्मान पनि चाहियो भन्छौं । मनुवादी हिन्दुहरुले हामि लाई के आधारमा सम्मान देलान् । बाँकी कुरा अर्को लेखमा…

दिपु चौधरी
ग्राफिक डिजाइनर

प्रतिक्रिया दिनुहोस्
परिचय मिडिया प्रा.लि.द्वारा सञ्चालित
समाचार प्रमुख